हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला बुधवार प्रत्यारोपण गरिने भएको छ। यसका लागि उनी सोमवार अस्पताल भर्ना हुनेछन्।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आइतवार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गराउन लागेको जानकारी दिएका हुन्।
मिर्गौला प्रत्यारोपणलगायत आफ्नो उपचार योजनाबारे उनले बैठकमा जानकारी दिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई बताए।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि उनी अहिले नियमित डाइलायसिस गराइरहेका छन्। दोस्रोपटक प्रत्यारोपण गर्न तयार ओलीलाई दुई नातेदार मिर्गौलादान गर्न तयार भइसकेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
कोरोना संक्रमण फैलिइरहँदा चीनमा किन घट्यो प्रदूषण?
505 Views
स्याटलाइट तस्विरहरूले चीनमा वायु प्रदूषणको मात्रा नाटकीय रूपमा घटेको देखाएका छन्। अमेरिकी अन्तरिक्ष निकाय नासाको नक्सामा यो वर्ष नाइट्रोजन डाइअक्साइडको तह झरेको पाइएको हो।
कोरोना भाइरस नियन्त्रण प्रयत्न स्वरूप चीनमा कारखानाहरूमा कम काम गरिएको छ र कैयौँ उत्पादकहरूले काम रोकेका छन्। चीनमा कोरोना भाइरस संक्रमण शुरु भएयता करिब ८० हजार जनामा संक्रमण भएको रेकर्ड गरिएको छ।
सवारी र कारखाना उत्सर्जन
सङ्क्रमण ५० देशमा फैलिएको छ तर अधिकांश संक्रमण र मृत्यु चीनमा भएको छ जहाँ सबभन्दा पहिला यो भाइरस देखा परेको थियो।
नासाका वैज्ञानिकहरूले नाइट्रोजन डाइअक्साइडको तह पहिले वुहान शहरमाथि प्रष्ट भएको थियो पछि देशभर नै ग्यासको तह घटेको पाइएको थियो। नाइट्रोजन ग्यास विशेषगरी सवारी साधन र कारखानाले उत्सर्जन गर्ने धुवाँमा पाइन्छ।
नासाका तस्बिरमा जनवरी र फेब्रुअरी महिनामा नाइट्रोजन डाइअक्साइडको तह घटेको देखिएको छ। नासाले सन् २०१९ को जनवरी, फेब्रुअरी र यो वर्षको जनवरी, फेब्रुअरीको तथ्यांक तुलना गरेको थियो।
नासाले चीनमा यातायात र व्यवसायिक गतिविधिमा रोक लगाइएको, दशौँ लाख मानिस क्वारेन्टाइनमा रहेको र नाइट्रोजन डाईअक्साइड घटेको समयावधि मिलेको बताएको छ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा वायुको गुणस्तर अनुसन्धानकर्ता फेइ लिउले भनिन्, ‘कुनै घटनाका कारण यति ठूलो क्षेत्रमा यस्तो नाटकीय रूपमा प्रदूषण घटेको मैले पहिलोपटक देखेँ।’
सन् २००८ को आर्थिक मन्दीका बेला पनि नाइट्रोजन डाईअक्साइडको तह घटेको आफूले देखेको उनले बताइन्। तर त्यसबेला बिस्तारै मात्र घटेको बताइएको छ।
नासाका अनुसार हरेक वर्ष चिनियाँ नयाँ वर्ष पर्ने समय अर्थात् जनवरी अन्त्यतिर वा फेब्रुअरी शुरुतिरका बेला प्रदूषण केही घटेको पाइन्थ्यो। तर पर्व सकिएपछि पुनः बढ्ने गर्थ्यो।
‘यो वर्ष गत वर्षहरूका तुलनामा प्रदूषण निकै मात्रामा घटेको र लामो समयका लागि घटेको पाइयो’, लिउले भनिन्, ‘मलाई कुनै आश्चर्य लागेको छैन किनभने भाइरस संक्रमण फैलिनबाट रोक्न देशभर अपनाइएका उपायका कारण त्यसो हुन पुगेको हो।’
हेल्थ टिभी अनलाइन\काठमाडौं : चीनको वुहानबाट गत डिसेम्बरमा शुरु भएको नोभल कोरोना भाइरस विश्वका ५० बढी देशमा फैलिसकेको छ। यतिखेर विश्व नै कोरोनाको कारण त्रासमा रहेको अवस्था छ।
कोरोना भाइरस सर्ने एउटा माध्यम श्वासप्रश्वास भएकाले यो रोग सर्नबाट जोगिन हामी केही उपाय अपनाउन सक्छौँ। चिकित्सकहरूले कोरोनाबाट बच्न व्यक्ति आफैले पनि केही आनीबानी परिवर्तन गर्न सुझाएका छन्।
पहिलो, मास्कको प्रयोग
मास्कको प्रयोग गरेर केही हदसम्म हामी बच्न सक्छौँ। तर यसको सही प्रयोग भने जरुरी छ। सामान्य मानिसले सर्जिकल मास्क नै लगाउनुपर्छ भन्ने छैन। जुनसुकै मेडिकल मास्क लगाए पनि हुन्छ। तर यसले नाक र मुख राम्ररी छोपिएको हुनुपर्छ।
दोस्रो, रुघाखोकी लागेको छ भने भिडभाडमा नजाने
यदि रुघाखोकी लागेको छ भने सकेसम्म भिडभाडबाट टाढै रहनुपर्छ। यसका साथै हाछ्युँ गर्दा, खाेक्दा राम्ररी नाक–मुख छोप्नुपर्छ। यसले भाइरस भए नजिकको मानिसमा सर्न पाउँदैन। रुघाखोकी लागेका ब्यत्तिबाट आफू पनि सकेसम्म टाढै बस्नुपर्छ ।
तेस्रो, बारम्बार हात धुने
साधारणतया हामी हात त धोइरहन्छौँ। तर कहिलेकाँही हामी हेलचेक्र्याइँ गर्छाैँ वा बिर्सिन्छाैँ। त्यसैले बाहिर कतै गएर आएपछि वा केही कुरा छुनेवित्तिकै साबुनपानीले हात धोइहालौँ। यसले गर्दा भाइरस सर्ने सभ्भावना कम हुन्छ । साथै मौसमी रुघाखोकीमा पनि यो गर्नु लाभदायी हुन्छ ।
चौथो, कसैसँग पनि हात नमिलाउने
हात मिलाउँदा हातमा टाँसिएका किटाणु सजिलै सर्न सक्छन। हाम्रो संस्कार पनि छ, नमस्ते गर्ने। त्यसैलाई अपनाऔँ। हात मिलाउनु कोरोना सर्छ भनेर मात्र हैन अन्य समयमा पनि स्वास्थ्य र सरसफाइका हिसाबले राम्रो मानिंदैन्।
पाँचौँ, जनावरबाट सकेसम्म टाढै बस्ने रपौष्टिक खानेकुरामा ध्यान दिऔँ। खानेकुरा राम्ररी पकाएर खाने बानी गरौँ। यति मात्र गर्न सकियो भने पनि धेरैहदसम्म कोरोना सर्नबाट बच्न सकिन्छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\बझाङ : सरोकारवालाहरू राज्यको विभेदकारी व्यवहारका कारण आयुर्वेद चिकित्सा पछि परेको बताएका छन्।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बझाङले शुक्रवार जयपृथ्वी नगरपालिकाका जनप्रतिनिधिसहित सरोकारवालासँग गरेको छलफलका क्रममा उनीहरूले राज्यकै कारण आयुर्वेद पछि परेको धारण राखेका हुन्।
कार्यक्रममा स्वास्थ्य केन्द्रका डा.सूर्य उपाध्यायले पछिल्लो समयमा खानपिन र व्यवहारको कारण नसर्ने रोग बढी देखिएको भन्दै आयुर्वेद पद्धतिबाट उपचार गर्नुपर्ने धारणा राखे। उनले जिल्ला आयुर्वेद कार्यालयमा स्रोत साधन कम भएका कारण प्रभावकारिता नदेखिएको धारणा राखे।
डा. उपाध्ययाले जिल्ला थुप्रै किसिमका बहुमूल्य जडिबुटी रहेको भन्दै तिनको संरक्षण र औषधीय उपयोगमा सरकारले चासो नदिएको बताए। जिल्ला समन्वय प्रमुख खड्क खड्का र जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्का र उपप्रमुख जुना जाग्रीले आनीबानी र खानपानमा परिवर्तन ल्याउनुपर्ने बताए। प्राकृति खानपान र योग ध्यान अँगाल्न सके नसर्ने रोगबाट बच्न सकिने उनको भनाइ छ।
जिल्लामा २०३२ सालमा पहिलोपटक आयुर्वेद औषधालय स्थापना भएको थियो। वार्षिक १० लाख रुपैयाँ मात्र बजेट आउने कारण सेवा प्रभावकारी बनाउन नसकेको कार्यालयको भनाइ छ।
हेल्थ टिभीअनलाइन\ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन थालेको छ।
चारपटक गर्भ जाँच गराई प्रसूति पनि स्वास्थ्य संस्थामै भएमा त्यस्तो रकम पाउने गाउँपालिकाले जनाएको छ। सरकारले सुत्केरीलाई दिने यातायात तथा पोषण खर्च न्यून भएकाले पाँच हजार रूपैयाँ दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताइन्। यो रकमले सुत्केरी आमा र बच्चाको पाेषणमा सघाउ पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।
गाउँपालिकाले सुत्केरीलाई दिने रकमलाई कोसेलीभेट नाम दिएको छ। अहिलेसम्म ३२ जनालाई पाँच हजार रुपैयाँ दिएर कोसेली भेट गरेकोउपाध्यक्ष राईले दिइन्।
गाउँपालिकाले २०७६\०७७ मा सुत्केरी कोसेली भेट शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको बताएको छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\बैतडी : विद्यालयमै सेनिटरी प्याड मेसिन राखिएपछि जिल्लाका सामुदायिक विद्यालयमा छात्राको उपस्थिति नियमित हुन थालेको छ।
महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्रा निशुल्क सेनिटरी प्याड पाइन थालेपछि नियमित रूपमा कक्षामा उपस्थित हुन थालेका हुन्।
डिलाशैनी गाउँपालिका–३ पङसेरास्थित महादेव माविमा गत मंसिरमा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त लगानीमा मेसिन जडान भएको हो। विद्यालयमा करिब एक लाख १५ हजारको लगानीमा मेसिन जडान गरिएको हो। यसैगरी सेनिटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको शौचालय पनि निर्माण भएको छ।
मेसिन जडानपछि छात्राहरू नियमित हुन थालेको प्रधानाध्यापक हेमराज कापडीले बताए। महिनावारी हुने उमेरका छात्रालाई उपलब्ध गराइएको स्मार्ट कार्डको माध्यमबाट आवश्यक परेको बेला मेसिनबाट सेनिटरी प्याड झिक्ने व्यवस्था मिलाइएको जानकारी उनले दिए।
गाउँपालिका उपाध्यक्ष पार्वती रानाले चालु आर्थिक वर्षमा अन्य दुई माविमा पनि भेण्डिङ मेसिन जडान गर्ने योजना रहेको जानकारी दिइन्। सरकारले सबै विद्यालयमा निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरेसँगै यस क्षेत्रका विद्यालयमा मेसिन राख्न थालिएको हो।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
अनेकौँ प्रयासपछि चीनमा कोरोना भाइरस संक्रमण क्रमशः कम हुँदै गएको छ। केही दिन पहिले चीनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १०० भन्दा माथि पुग्ने गरेकोमा एक दुई दिनयता ५० भन्दा कममा झरेको छ। नयाँ संक्रमित आउने क्रम पनि ह्वात्तै घटेको छ।
जटिल संकटका रूपमा देखिएको नयाँ भाइरसका कारण शनिबारसम्ममा चीनमा दुई हजार ८३५ व्यक्तिको मृत्यु भएको छ भने ७९ हजार २५१ जनालाई संक्रमण पुष्टि भएको छ। हङकङ र मकाउको तथ्याङ्क जोडिएको छैन ।
चीनका विभिन्न ३१ प्रान्तका खासगरी शहरहरूमा संक्रमणको समस्या बढी देखिएको आयोगले बताएको छ। चीनमा संक्रमितमध्ये अहिलेसम्म ३९ हजार दुई व्यक्ति उपचारपछि घर फर्किएका छन्।
अहिले संक्रमित ३७ हजार ४१४ जनाले उपचार सेवा लिइरहेका छन् भने त्यसमध्ये अझै सात हजार ६६४ जनामा संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएको आयोगले जनाएको छ।
दक्षिण कोरियामा चीनपछि कोरोना भाइरस संक्रमितको संख्या अत्यधिक रहेको छ । दक्षिण कोरियाले शुक्रबार एकै दिनमा कोरोना भाइरस संक्रमणको सबैभन्दा ठूलो वृद्धि रेकर्ड गरेको छ ।
शुक्रवार एकै दिनमा दक्षिण कोरियामा थप संक्रमितको संख्या ५९४ पुष्टि भएसँगै यहाँ संक्रमितको सङ्ख्या दुई हजार ९३१ पुगेको भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम (केसीडीसी)का लागि कोरियाली केन्द्रका अधिकारीहरूले बताएका छन्।
इरानमा बिहीवार रातिसम्म कम्तीमा २१० जनाको मृत्यु भएको बताइएको छ जुन सरकारले पुष्टि गरेभन्दा छ गुणा बढी हो। बेलारुस, लिथुआनिया, नेदरल्यान्ड्स, न्युजिल्याण्ड र नाइजेरियामा पहिलोपटक संक्रमण देखिएको छ ।
हेल्थ टिभी अनलाइन\लमजुङ : बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा सञ्चालित पाठेघर शिविरमा ११४ जनाले सेवा लिएका छन्।
चण्डीस्थान स्वास्थ्य चौकीमा शनिवार सञ्चालन गरिएको शिविरमा पाठेघरको नि:शुल्क परीक्षण गराएका मध्ये एक जनामा अर्बुदरोग र अर्को एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. हेमा छन्त्यालले जानकारी दिए।
चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ। शिविरमा चार जनाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिएको छ। शिविरमा चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र संगीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङले सेवा दिएका थिए।
वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले शिविर आयोजना गरेका हुन्।
शिविर वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति (कोपाडेस) को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए।
ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरेको जानकारी दिए।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
अमेरिकामा उत्तर पश्चिमी वाशिङ्टन राज्यमा कोरोना भाइरस संक्रमणले एकजनाको मृत्यु भएको छ। कोरोना भाइरसकै कारण अमेरिकामा यो पहिलो मृत्यु हो।
पहिले नै केही स्वास्थ्य समस्या रहेका पाँचको दशक उमेर भएका पुरुषको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अरू पनि त्यस्ता संक्रमितहरू देखिनसक्ने भन्दै अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको बताए।
अधिकारीहरूले अति प्रभावित इटली र दक्षिण कोरियापछि इरानका लागि पनि यात्रा प्रतिबन्ध थप्न लागिएको जनाएका छन्।
संसारभर ८५ हजारमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको र ३,००० जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। कोरोना भाइरस पहिलोपटक देखा परेको चीनमा धेरैजसो संक्रमण र मृत्यु हुनेको संख्या रहेको छ।
अमेरिकामा के भइरहेको छ?
वाशिङ्टन राज्यको किङ काउन्टीमा पाँचको दशकका उमेर रहेका व्यक्तिको मृत्यु भएका स्थानीय स्वास्थ्य अधिकारीले शनिवार पुष्टि गरेका छन्। ती व्यक्तिले कुनै पनि उच्च खतरा भएको क्षेत्रमा यात्रा नगरेको उनीहरूले बताए। वाशिङ्टनका गभर्नर जे इन्सलीले नयाँ सङ्क्रमण सन्दर्भमा राज्यमा सङ्कटकाल घोषणा गरेका छ्न्।
क्यालिफोर्निया ओरेगन र वाशिङ्टनका अधिकारीहरूले प्रकोप भएका क्षेत्रमा नगएका मानिसहरू वा संक्रमण भएका सँग कुनै सम्पर्क नभएका मानिसहरूमा पनि सङ्क्रमण देखिन थालेको भन्दै चिन्ता जाहेर गरेका बेला यो मृत्यु भएको छ।
वासिङ्ट राज्यका अधिकारीहरूले एउटा स्थानीय नर्सिङ होममा कोरोनाको सङ्क्रमण फैलिएको हुन सक्ने सम्भावनामाथि अनुसन्धान गरिरहेका छन्।
वाशिङ्टनको सियाटल र किङ काउन्टीका लागि स्वास्थ्य अधिकारी डा. जेफ्री डचीनले भने, ‘नर्सिङहोममा एकजना स्वास्थ्यकर्मी र अर्की सात दशकको उमेर रहेकी स्थानीय बासिन्दामा संक्रमण पुष्टि भएको छ।’
डा. डचिनले थप २७ जना नर्सिङ होममा बस्नेहरू र २५ जना कर्मचारीमा केही लक्षणजस्तो पाइएको बताएका छन्। अधिकारीहरूले संक्रमितको सङख्या बढने ठानेका छन्।
डब्लूएचओका अनुसार अमेरिकामा अहिलेसम्म जम्मा ६२ जनामा संक्रमण पुष्टि भएको छ। यस अघि एकजना अमेरिकीको कोरोना पहिलोपटक देखिएको चीनको वुहानमा मृत्यु भएको थियो।
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोना भाइरसको रोकथाम तथा निराकरण गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा मन्त्रीस्तरीय उच्च समिति गठन गरिएको छ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाका लागि उच्च जोखिम रहेको बताएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै समिति गठन गरेका हुन्।
उक्त उच्चस्तरीय समितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, शिक्षामन्त्री, कृषिमन्त्री, स्वास्थ्यमन्त्री र अर्थ र सञ्चारमन्त्री सदस्य रहने छन्।
समिति गठन गर्न बसेको बैठकले कोरोनाका कारण पार्ने असरकावारेमा विस्तृत अध्ययन गरी छलफल एवं व्यापक जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका निर्णयसमेत गरेको छ।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्व नै त्रसित बनिरहेको छ । यो सँगै सरकारले कोरोनाको जोखिमका कारण पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बनाइएका कार्यक्रम पनि तत्कालका लागि स्थगित गरेको घोषणा गरेको छ ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\भक्तपुर : खरिपाटी र नगरकोटस्थित ‘क्वारेन्टाइन’मा राखिएका १९३ नेपालीको स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब संकलन गरिएको छ।
विद्युत् प्राधिकरण भवनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालक दलसहित १८ जनाको स्वास्थ्य परीक्षणका लागि नमुना लिइएको हो। क्वारेन्टाइनमा राखिएको १४औँ दिन शनिवार उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि पठाएको नेपाली सेनाका सहसेनानी डा. नवीन फुयाँलले जानकारी दिए।
यसअघि यही ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। रिपोर्टमा कसैमा पनि कोरोनाको संक्रमण नदेखिए पनि अन्तिमपटक शनिवार फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणका लागि लगेको उनले जानकारी दिए।
सङ्कलन गरिने स्वाब नमुना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा २१ गते उनीहरूलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
कोरोना संक्रमणको उद्गमस्थल चीनबाट गत ४ गते नेपालीहरूलाई उद्धार गरी ल्याइएको थियो।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\सर्लाही : लालबन्दी नरगपालिका–१ मा अवस्थित नवलपुर सर्पदंश उपचार केन्द्रको भेन्टिलेटर तथा आईसीयू सेवा प्रयोगविहीन भएको छ। सेवा सञ्चालन गर्न दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको हो।
प्रदेश नम्बर २ सरकार र लालबन्दी नगरपालिकाको ३० लाख रुपैयाँ रकममा २०७६ जेठमा उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याइएको थियो। नवलपुर सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष बोधराज काफ्लेले भेन्टिलेटर तथा आईसीयू उपकरण स्वास्थ्य संस्थामा भए पनि दक्ष चिकित्सक नहुँदा उपकरण थन्किएको बताए। ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई चिकित्सक पठाइदिन पटक–पटक ध्यानाकर्षण गरायौँ। तर कार्यान्वयन भएको छैन’,उनले भने।
सर्लाहीसहित आसपासका जिल्लाका सर्पदंश उपचार गर्न २०७० सालमा सो केन्द्र स्थापना भएको थियो। गर्मी तथा वर्षा याममा केन्द्रमा दैनिक १०\१२ सर्पदंशका बिरामी आउने गरेका जनाइएको छ। सर्लाहीको बरथवामा पनि उपचार केन्द्र भए पनि नवलपुरमा बिरामीको चाप बढी छ। हालसम्म उपचार केन्द्रले करिब चार हजार ५०० बिरामीको उपचार गरी सकेको जनाएको छ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
इरानमा कोरोना भाइरस संक्रमणका कारण कम्तीमा शनिवारसम्ममा २१० जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुने अधिकांश राजधानी तेहरानका र कुम शहरका रहेको सञ्चारमाध्यमले जनाएका छन्।
स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको संख्या भन्दा यो छ गुणा बढी भएको बताइएको छ। शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए।
यसअघि कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए। अमेरिकाले पनि इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए। तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस कोरोना भाइरस संक्रमितको संख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन \काठमाडौं: ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सर विजेता बालबालिकाका लागि ‘आर्ट क्याम्प’ आयोजना गरिएको छ । शनिबार अस्पतालमा आयोजना गरिएको एक दिने उक्त क्याम्पमा बालबालिकालाई विभिन्न खालका चित्र बनाउन सिकाइने अस्पतालले जनाएको छ ।
विभिन्न खालका क्यान्सर लागेका बालबालिका जसले रोगलाई जितिसकेका छन उनीहरुलाई सहभागी गराएर रमाइलोसँगै सिप पनि सिकाउन क्याम्पको आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले बताइन्। उनले भनिन, ‘क्यान्सर लागेका बालबालिका पनि अन्य बालिबालिका जस्तै हुन, उनीहरुले पनि आफूलाई मन लागेका कुरा विभिन्न माध्यमबाट व्यक्त गर्न सक्छन भनेर यो क्याम्प राखिएको हो । यसले बच्चालाई आफू जस्तै अन्य बालबालिका देख्दा रमाइलो पनि महशुस गर्छन्।’
कार्यक्रममा बाल क्यान्सर रोग विशेषज्ञ डा अन्जली पण्डितले बालबालिकाका लागि गरिएको यस्तो खालको कार्यक्रमले उनीहरुमा हौसला बढ्ने बताइन्। यसैगरी अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले क्यान्सरकोवारेमा समाजमा अझै पनि भ्रम रहेको भन्दै यसलाई हटाउन जरुरी रहेको बताए । यसका लागि उनले क्यान्सर विजेताहरु खुलेर बाहिर आउनपर्नेमा जोड दिए ।
चिल्ड्रेन्स आर्ट म्युजियम अफ नेपालका प्रतिनिधिहरुले बालबालिकालाई चित्र बनाउन सिकाएका थिए ।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चीनबाट ल्याएर खरिपाटीस्थित क्वारेन्टाइमा राखिएका विद्याथीहरुको दोस्रो चरणको कोरोना जाँच आज हुने भएको छ ।
सरकारले कोरोना अति प्रभावित चीनको वुहानबाट १७५ जना विद्यार्थीलाई गत फागुण ४ गते उद्धार गरी ल्याएको थियो । ल्याउने दिन अर्थात चौध दिन अघि उनीहरुको पहिलो चरणको जाँच गर्दा सबै जनामा नेगेटिभ आएको थियो ।
कोरोना भाइरसको लक्षण १४ दिन सम्म देखिने कारणले उनीहरुलाई क्वारेन्टाइनमै राखिएको बताउँछन स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता सागर दाहाल। आज सबै जनाको घाँटीको स्वाब परीक्षण गरिने र त्यसको रिपोर्ट आएपछि मात्र उनीहरु घर जान पाउने उनको भनाई छ ।
परीक्षणको रिपोर्ट आउन कम्तीमा दुई दिन लाग्ने बताइएको छ । सबै जनाको रिपोर्ट नेगेटिभ आएमा उनीहरु सोमबार सम्म घर जान पाउने छन्। यो सँगै नगरकोटमा क्वारेन्टाइनमा राखिएका पाइलट लगायतका क्रु मेम्बरलाई पनि सोही नियम लागु हुने बताउँछन दाहाल। उनीहरुलाई चीनबाट नेपाल ल्याइएको भए पनि क्वारेन्टाइनमा रहेकाले परिवार भेट्न भने पाएका छैनन।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
हेल्थ टिभी अनलाइन\सुर्खेत : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा न्यूरो सर्जरी (नसा रोगको शल्यक्रिया) सेवा शुरु हुने भएको छ।
यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एसोसिएट प्रोफेसर रहेका डा. निलम खड्का शुक्रवार काजमा आएसँगै सो सेवा शुरु भएको अस्पतालका निर्देशक डा.मंगल रावलले जानकारी दिए। यस्तै न्यूरो सर्जन डा. निलम खड्का प्रतिष्ठानमा आएसँगै नसासम्बन्धी शल्यक्रिया सेवा शुरु हुने भएको हो।
यस क्षेत्रमा दुर्घटनाका कारण टाउको र नसामा चोटपटक लाग्ने धेरै बिरामी आउने भए पनि न्यूरो सर्जरी सेवा उपलब्ध नहुँदा नेपालगञ्ज र काठमाडौँ सिफारिस गर्नुपर्ने बाध्यता थियो।
जुम्लामा न्यूरो सर्जन पुगेसँगै अब टाउको र नसामा समस्या भएका यस क्षेत्रका बिरामीले उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको निर्देशक रावलले बताए।नसाको शल्यक्रिया गर्न अत्यावश्यक रहेको सिटी स्क्यान प्रतिष्ठानले एक वर्षअगाडि नै भित्र्याएको थियो।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
इरानमा थप आठ व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै इरानमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या शुक्रबार ३४ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको आधारमा चीनपछि इरानमा यसको नराम्रो प्रभाव परेको देखिएको छ। इरानको सरकारी तथ्यांकलाई आधार मान्दा संक्रमितको संख्या भने ३८८ पुगेको छ।
इरानी अधिकारीका अनुसार इरानमा विगत २४ घण्टामा १४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुस जहानपुरले बताएका छन्।
खेलाडीको मृत्यु
यसैबीच इरानकी एक महिला खेलाडीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको बताइएको छ। इरानी महिला राष्ट्रिय फुटसल टोलीकी खेलाडी २३ वर्षीया एलहाम शेखीको मृत्यु भएको बताइएको हो।
उनलाई १० दिन अघि अस्पतालमा भर्ना गरिएकोमा बुधवार मृत्यु भएको सरकारी समाचार एजेन्सी रोकनाले उल्लेख गरेको छ।
हेल्थ टिभी अनलाइन\भक्तपुर : चीनको वुहानबाट उद्धार गरी खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा राखिएका १९३ सहित जनालाई १७औँ दिनमा घर फर्काइने भएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जना मंगलवार मात्रै घर फर्किने भएका हुन्।
यसअघि आएकै दिन ४ गते नै उनीहरूको नाक र घाँटीको स्वाब नमुना संकलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि संक्रमण नदेखिएको र अन्तिम पटक शनिबार फेरि सबैको नाक र घाँटीको स्वाब नमुना संकलन गरि परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार बिहान ८ बजे नगरकोटमा रहेका १८ जनाको र त्यसपछि त्यही टोलीले ११ बजेसम्ममा खरिपाटीमा रहेका १७५ जनाको नाक र घाँटीबाट स्वाबको नमुना संकलन गर्ने मन्त्रालयले जनाएको छ।
शुरुको दिन गरेको स्वाब परीक्षणदेखि हालसम्म दैनिक दुईपटक भएको ज्वरो नापमा कसैमा पनि कोरोनाको लक्षण नदेखिएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिएका नेपाली सेनाका क्याप्टेन डा. नवीन फुयाँलले जानकारी दिए। यहाँ स्वास्थ्य परामर्श पनि भइरहेको र कसैलाई पनि कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएको उनले बताए।
शनिवार संकलन गरिने र्याल नमूना परीक्षणको रिपोर्ट १९ गतेसम्म आउने र ढिलोमा २० गतेसम्ममा उनीहरूलाई घर फर्काइने भएको छ। शनिवार संकलन गरिने स्वाबको राष्ट्रिय प्रयोगशालामा परीक्षण गरी आउने रिपोर्टमा नेगेटिभ देखिए क्वारेन्टाइनमा रहेका सबैलाई घर फर्काइनेछ।
अहिले पनि धेरै जनाको रिपोर्ट आउनुपर्ने भएकाले कम्तीमा पनि रिपोर्ट आउन तीन दिन लाग्ने जानकारी दिँदै डा. फुयाँलले सबैको नेगेटिभ रिपोर्ट आएपछि सरकारको निर्देशन तयारीअनुसार घर फर्काउने जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पहिलो परीक्षण गरिएको दुई हप्तापछि दोस्रोपटक फेरि स्वास्थ्य परीक्षण गर्नुपर्ने प्रावधानअनुसार नै शनिबार परीक्षण हुन लागेको हो।
हेल्थ टिभी अनलाइन\काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औँ तहमा बढुवा भएका तीन जना प्रमुख विशेषज्ञको जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले तिनै जनाको जिम्मेवारी बाँडफाँड गरेका हुन्।
१२औँ तहमा बढुवा भएका डा. दिपेन्द्ररमण सिंहलाई नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ। यसैगरी अर्का प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई जनसंख्या महाशाखा र स्वास्थ्य समन्वय महाशाखा हेर्ने गरी जिम्मेवारी दिइएको छ।
१२ औं तहमा बढुवा भएका महेन्द्रप्रसाद श्रेष्ठलाई भने मन्त्री ढकालले यसअघि नै स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी दिइसकेका छन्।
हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।
उमेर बढ्दै जाँदा प्राकृतिक रूपमै कपाल सेतो हुने, दाँत फुस्किने, चाउरीपना आउने जस्तै शरीरका हड्डीहरू पनि कमजोर हुने र खिइँदै जान्छन्। अन्य हड्डी भन्दा हाम्रो शरीरको भार थेग्ने हिप तथा घुँडा प्रमुख भएकाले यी जोर्नी खिइएमा भने समस्या बढी हुन्छ। अझ त्यसमा पनि घुँडाको समस्या अझ बढी देखिन्छ।
समस्या आइसकेपछि शुरुमा औषधि र बढी नै समस्या भएर हिँडडुलमा नै गाह्रो हुन थालेपछि घुँडा प्रत्यारोपण बाहेक अन्य उपाय छैन। तर पनि समस्याले मानिसको दैनिक जीवनमै असर नपारेसम्म हामी प्रत्यारोपणको सल्लाह दिंदैनौँ। किनभने घुँडा प्रत्यारोपण भनेको जटिल शल्यक्रिया हो। घुँडा प्रत्यारोपण ‘लक्जरी सर्जरी’ पक्कै होइन जबसम्म यसको विकल्प नै हुँदैन तब मात्र प्रत्यारोपणमा जानुपर्छ। यस्ता मानिसहरूको जोर्नीको अवस्था जाँच गरेपछि थाहा भइहाल्छ। पहिले पहिले यसलाई लक्जरी सर्जरीको रूपमा लिइन्थ्यो। तर अहिले आवश्यकता बन्दै गएको छ।
कुन अवस्थामा गर्ने घुँडा प्रत्यारोपण?
घुँडा खिइँदैमा सबैले प्रत्यारोपण गरी हाल्नुपर्दैन। यसका आफ्नै लिमिटेसन छन्। जब उमेर बढ्दै जान्छ तब घुँडा खिइँदै जान्छ र कुनै बेला यस्तो अवस्था आउँछ जुन बेला व्यक्तिलाई सुत्न, बस्न हिँड्न नै समस्या भइदिन्छ। दुखाइकै कारण उ एक पाइला हिँड्न पनि गाह्रो हुन्छ भने त्यस अवस्थामा प्रत्यारोपणको आवश्यकता पर्छ। यसलाई दैनिक रूपमा हुने दुखाइ एवं हिँड्नमा जुन समस्या छ त्यस्ता व्यक्ति प्रत्यारोपण पछि मजाले हिँड्न सक्छन्।
आफ्नो काम आफैँ गर्न सक्ने हुन्छन्। तर अलि अलि दुखाइ र समस्यामा भने प्रत्यारोपण त्यत्ति प्रभावकारी नभएको भान हुनसक्छ। यसमा जति धेरै समस्या छ बिरामीलाई गाह्रो भएको छ, त्यति नै मात्रामा ‘रिजल्ट’ राम्रो हुन्छ। तर कम समस्यामा रिजल्ट कम नै हुन्छ।
प्रत्यारोपण पछि दुखाइ कम त पक्कै हुन्छ। दुखिरहनु भन्दा त नदुख्नु नै जाति हो नि होइन र? सर्जरी पछिको जीवन सामान्य जस्तै हुन्छ। हिँडडुलमा सजिलो हुन्छ। घुँडा ११० डिग्री सम्म खुम्चिने हुन्छ। होचो सोफामा बस्न सकिन्छ। पलेटी मारेर बस्न भने अलि गाह्रो हुन्छ। यो नर्मल व्यक्तिले पनि पलेटी मारेर नबसेको राम्रो हो।
अर्को कुरा उमेरको पनि कुरा, कम उमेरमा प्रत्यारोपण गर्नु उचित होइन। किनकी जुन ‘इम्प्लान्ट’ घुँडाको भित्र राखिन्छ। त्यसको आयु सामान्यतया १० देखि १५ वर्षको हुन्छ। त्यसैले ६० पछिका व्यक्तिलाई गर्दा यो फाइदाजनक मानिन्छ। घुँडा प्रत्यारोपणमा ८० प्रतिशत बिरामी पूर्ण रूपमा सन्तुष्ट भएको पाइन्छ। यसमा पनि बढी समस्या हुने बढी सन्तुष्ट भएको पाइन्छ। पहिलेको जस्तै त हुँदैन। तर पनि निकै सजिलो हुन्छ।
घुँडा खिइएको छ र यसको गति तीव्र रूपमा छ भने यसले ठूलो समस्या निम्त्याउन सक्छ। मानिस अरुको सहारामा हिँड्न पर्ने अवस्था आउन सक्छ। त्यसैले घुँडा खिइन थालेपछि नियमित डाक्टरको परामर्श लिन जरुरी हुन्छ। घुँडाको खिइने तरिका र बिरामीको अवस्था हेरेर मात्र हामी प्रत्यारोपण गर्नुस् भन्ने सल्लाह दिन्छौँ। हामीले स्टार अस्पतालमा नियमित प्रत्यारोपण गरिरहेका छौं ।
कतिपय डराएर प्रत्यारोपण गर्दैनन्। पछि खुट्टा नै बांगिएर झनै हिँड्न नसक्ने भएर आउँछन्। खुट्टा बांगिसकेपछि भने शल्यक्रिया त्यति सन्तोषजनक हुन सक्दैन। त्यसैले यदि डाकटरले प्रत्यारोपण गर्न सल्लाह दिएका छन् भने गराइहाल्नुपर्छ। त्यमसा पनि म कहिल्यै पनि शल्यक्रिया गर्दिन भन्नेहो भने अर्को कुरा।
प्रत्यारोपण पछि दुखाइ कम त पक्कै हुन्छ। दुखिरहनु भन्दा त नदुख्नु नै जाति हो नि होइन र? सर्जरी पछिको जीवन सामान्य जस्तै हुन्छ। हिँडडुलमा सजिलो हुन्छ। ११० डिग्री सम्म खुम्चिने हुन्छ। होचो सोफामा बस्न सकिन्छ। पलेटी मारेर बस्न भने अलि गाह्रो हुन्छ। यो नर्मल व्यक्तिले पनि पलेटी मारेर नबसेको राम्रो हो।
घुँडा के कारणले खिइन्छ र बच्ने उपाय केहो भन्ने कुरा गर्ने हो भने पहिलो कारण त उमेर नै हो। त्यसैले उमेरलाई हामी रोक्न सक्दैनौँ। अर्को कारण वंशाणुगत हो। यसलाई पनि रोक्न सकिंदैन। त्यसैगरी कहिलेकाहीँ सानो वेलामा जोर्नीमा चोट लागेको छ भने त्यस्ता व्यक्तिको छिटो घुँडा खिइन्छ। बाथरोगले पनि घुँडा खियाउन मद्दत गर्छ।
साथै पलेटी मार्ने, घुँडा धेरै खुम्च्याउने हाम्रो बानी पनि अर्को कारण हो। यसबाट शतप्रतिशत बच्छु भन्न गाह्रो छ। तर पनि घुँडा धेरै नखुम्चाउने, थाइ तथा खुट्टाको मसल बलियो बनाउन व्यायाम गर्ने, पोषणयुक्त खानेकुरामा ध्यान दिने बानी गर्नुपर्छ। उमेर बढ्दै गएपछि डाक्टरको सल्लाहमा क्याल्सियम लिने गर्नाले यो समस्याबाट केही हदसम्म बच्न सकिन्छ।
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा निर्वाचित
जलवायु परिवर्तन र एएमआर सम्बन्धी भिडियो प्रतियोगिता
औषधि खाँदै हुनुहुन्छ ? नगर्नुस् यस्ता गल्तीहरू
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री