उदयपुरमा रहेका १२ जना संक्रमितलाई विराटनगर लगियो

 उदयपुरमा रहेका १२ जना संक्रमितलाई विराटनगर लगियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : शुक्रबार कोरोना संक्रमण पुष्टि भएका उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई राती साढे ११ बजे नै विराटनगर लगिएको छ ।  उनीहरु १२ जना र उनीहरुसँगै रहेका ४ गरी १६ जनालाई बिराटनगरको कोरोना विशेष अस्पतालमा लगिएको हो।

संक्रमित १२ जनालाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए । यसैगरी बाँकी ४ जनालाई भने क्वारेन्टाइनमा राखिएको छ । कोरोना विशेष अस्पताल कोशी अस्पतालले नै हेर्ने गर्छ ।

शुक्रबार मात्रै उदयपुरको त्रियुगा नगरापलिकामा रहेको मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा थप १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘आज उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । अब उहाँहरुको डिटेल खोज्दैछौं ।’ उनका अनुसार उदयपुरमा  १२ जना र चितवनमा २ जना गरी १४ जनामा एकैदिन कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

पाटन अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण

पाटन अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै ललितपुरस्थित पाटन अस्पतालमा पनि नमुना परीक्षण शुरु गरेको जनाएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पाटन अस्पतालमा आजैबाट परीक्षण शुरु भएको जानकारी दिएका हुन्।डा देवकोटाले भने, ‘पीसीआर प्रविधिबाट पाटन अस्पतालमा आजैबाट कोरोना नमुना परीक्षण शुरु गरेका छौं।’ योसँगै अब १४ स्थानबाट पीसीआर प्रविधिबाट कोरोना संक्रमणको नमुना परीक्ष्ण हुने पनि उनले जानकारी दिए ।

काठमाडौं उपत्यकामा यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण हुँदै आएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

महानगरपालिकामा विदेशबाट फर्किनेको कोरोना परीक्षण तीव्र

महानगरपालिकामा विदेशबाट फर्किनेको कोरोना परीक्षण तीव्र

हेल्थ टिभी अनलाइन\काठमाडौं  : काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण तीव्र पारेको छ।

हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र तीमध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। उनका अनुसार कामपाले सबै वडामा परीक्षण जारी राखेको छ ।

अघिल्लो साता विदेशबाट आएकाको तथ्यांक लिइसकको कामपाले गत बुधबारदेखि कोरोना परीक्षण पनि शुरु गरेको हो। सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि कामपाले परीक्षण शुरु गरेको हो।

कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयंसेविकाको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण संकलन गरिएको थियो। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

रुकुम पूर्वमा पहिलो पटक एम्बुलेन्स

रुकुम पूर्वमा पहिलो पटक एम्बुलेन्स

हेल्थ टिभी अनलाइन\रुकुम पूर्व : जिल्लाका लागि पहिलो पटक एम्बुलेन्स आउने भएको छ। हिमाली र दुर्गम रुकुम (पूर्व) मा प्रदेश सरकारले एम्बुलेन्स उपलब्ध गराएपछि बिरामीलाई सहज हुने भएको छ।

कोरोना भाइरस महामारी फैलिरहेका बेलामा जिल्ला अस्पतालको मातहतमा रहनेगरी एम्बुलेन्स उपलब्ध गराउन थालिएको हो। ‘जिल्लामा एम्बुलेन्स उपलब्ध गराउनका लागि लामो समयदेखि पहल गरिए पनि ढिला भइरहेको थियो’, प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले भने, ‘तर कोरोना महामारीको उच्च जोखिम रहेको भन्दै जिल्लालाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराइएको हो।’

शुक्रवार साँझसम्म एम्बुलेन्स जिल्लामा आइसक्ने प्रदेशसभा सदस्य तेजबहादुर ओलीले बताए। कोरोना भाइरस जाँचका लागि प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, आपूर्ति व्यवस्थापन केन्द्रले थप स्वास्थ्य सामग्री पनि पठाएको उनको भनाइ छ। ओलीका अनुसार जिल्लामा पठाइएका थप स्वास्थ्य सामग्रीमा २० थान पीपीई, सर्जिकल मास्क र सेनिटाइजरलगायत छन्।

यातायातको सुविधा पुगेका ठाउँमा पनि मानिसले एम्बुलेन्स र अन्य सवारी साधनको अभावले अकालमै ज्यान गुमाएका घटना धेरै छन्। अब त्यस्ता समस्याका दिन सकिएको भूमे गाउँपालिका वडा नम्बर ६ की सविना बुढाले बताइन्। जिल्लामा एम्बुलेन्स चलाउनका लागि जिल्ला अस्पतालले चालकको व्यवस्था गर्ने बताइएको छ। अब भने जिल्लामा २४ सै घण्टा बिरामीलाई सेवा दिनेगरी एम्बुलेन्स तयारी अवस्थामा राखिने छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

काठमाडौँबाट सुदूरपश्चिमका लागि आयो ३३ जना चिकित्सकको टोली

काठमाडौँबाट सुदूरपश्चिमका लागि आयो ३३ जना चिकित्सकको टोली

शेर भण्डारी \डडेल्धुरा : काठमाडौँबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पठाएको हो ।

शुक्रबार दिउँसो यति एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोली धनगढी आइपुगेको हो। संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसंगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए।

हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच रहेको छ। उनीहरू सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना संक्रमणका कारण ४३७ जनाको मृत्यु, संक्रमितको संख्या १३ हजार नाघ्यो

भारतमा कोरोना संक्रमणका कारण ४३७ जनाको मृत्यु, संक्रमितको संख्या १३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  भारतमा कोरोना संक्रमितको संख्या १३ हजार बढी पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार विहिबारसम्म संक्रमितको संख्या १३ हजार ३ सय ८७ पुगको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ३७ रहेको छ ।

यसैविच विभिन्न अस्पतालमा उपचार गरेर कोरोना जितेर निको भएकाको संख्या १ हजार ७ सय १७ रहेको पनि भारतीय स्वास्थ्य अधिकारीले बताएका छन्। भारतमा कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा मात्र ३ हजार २ सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने १९४ जनाको मृत्यु भइसकेको छ ।

महाराष्ट्रपछि दिल्लीमा धेरै संक्रमण पाइएको छ । दिल्लीमा अहिलेसम्म १ हजार ६ सय चालिस संंक्रमित भेटिएका छन्। यसैगरी ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। दिल्लीमा पछिल्लो २४ घण्टामा ६२ नयाँ संक्रमण पुष्टि भएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चितवनमा कोरोनाको आशंका लागेपछि दुई जनाको नमुना पुन: परीक्षणका लागि काठमाडौं पठाइयो

चितवनमा कोरोनाको आशंका लागेपछि दुई जनाको नमुना पुन: परीक्षणका लागि काठमाडौं पठाइयो

हेल्थ टिभी अनलाइन \चितवन: चितवनको भरतपुरमा कोरोना परीक्षण गर्ने क्रममा दुई नमुनामा शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ ।

बिहीबार भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनामा शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

उनीहरुको बुधबार र्‍यापिड डायग्नोस्टिक टेस्ट विधिबाट जाँच गर्दा  एक महिलामा कोरोना पोजेटिभ आएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आइसोलेसनमा छन्।

उनीहरु चैत ५ गते बेलायतबाट आएको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सरकारले गरिरहेको र्‍यापिड टेष्ट, कतै कोरोना फैलाउन मद्दत त गरिरहेको छैन्?

सरकारले गरिरहेको र्‍यापिड टेष्ट, कतै कोरोना फैलाउन मद्दत त गरिरहेको छैन्?

हामीलाई सुन्दा नै अचम्म लाग्न सक्ला तर यो नै सत्य हो, र्‍यापिड डाइग्नोस्टिक टेष्ट छिट्टै परिणाम दिने एक एण्टिबडी टेष्ट मात्र हो । यसले २० मिनेटमा नै परिणाम दिनसक्छ । तर र्‍यापिड डाइग्नोस्टिक टेष्ट विधिले तपाईंमा सक्रिय कोरोना रोगको इन्फेक्सन पत्ता लगाउनै सक्दैन । यो टेष्टले तपाइँ कोरोना रोगी हो कि होइन वा तपाईंले यो रोग कसैलाई सार्न सक्नुहुन्छ या हुन्न भन्ने पनि पत्ता लगाउन सक्दैन् ।

विश्व स्वास्थ्य संगठनले र्‍यापिड टेष्टलाई इपिडेमियोलोजिकल रिसर्च तथा सर्भिलेन्सको लागी मात्र प्रयोग गर्नु भनेर स्पष्ट तोकेको अवस्थामा नेपालमा भने डाइग्नोसिस (रोग पत्ता लगाउन) को लागी यो प्रयोग भइरहेको देखिन्छ । रोग पत्ता लगाउन यसको प्रयोग पूर्ण रुपमा रोकिनुपर्दछ । नभए यसले कोरोना बढाउने र भित्र भित्रै अझै फैलाउने स्पष्ट छ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले समेत र्‍यापिड टेष्टको दुरुपयोग हुनसक्ने भनेर सचेत गराइसकेको छ ।

एक उदाहरणबाट यसलाई अझै स्पष्ट पारौँ । अस्ति भर्खर कैलालीमा ६५ वर्षकी महिलामा पत्ता लागेको कोरोनाको केश र्‍यापिड टेष्ट विधिबाट नेगेटिभ नै देखिएको थियो तर पीसीआर विधिबाट पोजेटिभ देखियो । तर थुप्रै व्यक्तिमा र्‍यापिड टेष्टबाट पोजेटिभ देखिएका केश पछि पीसीआरविधिबाट हेर्दा निगेटिभ आइरहेका छन् । यो कसरी भनेर जान्नु अगाडि हामीले यि दुई टेष्ट बिचको भिन्नता जान्नु जरुरी हुन्छ ।

पीसीआर विधिले शरीरमा कोरोनाको सक्रिय विषाणु छ वा छैन भनेर पत्ता लगाउँछ भने र्‍यापिड टेष्टले विषाणु पत्ता लगाउँदैन ।र्‍यापिड टेष्ट एक एण्टीबडी टेष्ट हो । एण्टीबडी भनेको कुनै पनि किटाणु, विषाणु शरीरमा पसेपछि त्यो किटाणु, विषाणुको विरुद्ध लड्न हाम्रो शरीरले बनाउने स्पेसन प्रोटिनहरु हुन् । यी एण्टीबडी विभिन्न प्रकारका हुन्छन् र विभिन्न समयमा शरीरमा पैदा हुन्छन् । र्‍यापिड टेष्टले पत्ता लगाउने भनेको आई जि एम वा आइ जि जि हो । यसलाई यो उदाहरणबाट बुझौँ। कोरोनालाई आतंकवादी मान्ने हो भने एण्टीबडीहरुलाई हाम्रो देशका एण्टी आतंकवादी फौज मान्न सकिन्छ । अब र्‍यापिड टेष्टले फौज पत्ता लगाउँछ, आतंकवादी होइन ।

तर यी एण्टीबडी शरीरमा किटाणु, जिवाणु, विषाणु प्रवेश गरेपछि भिन्न भिन्न समयमा पैदा हुन्छन् । जस्तै आइ जि एम ५ दिन देखि २१ दिन सम्म देखिन्छ भने आइ जि जि १४औं दिन देखि महिनौ वा वर्ष सम्म देखिन सक्छ । यसैले र्‍यापिड टेष्ट पनि २ प्रकारका छन् । कुनै र्‍यापिड टेष्टले आइ जि एम देखाउँछ भने कुनैले आइ जि जि । अब धादिङ ज्वालामुखी गाउँपालिका २७ वर्षिय युवकमा ४२औं दिन पछि कोरोना पोजिटिभ देखियो भनेर जुन खबर आयो त्यो र्‍यापिड टेष्ट आइ जि जिको हुन सक्छ । यसको अर्थ उक्त युवकमा कोरोना विरुद्ध लड्न सक्ने एण्टीबडी विकसित भइसकेको छ र सम्भवत उनि पूर्ण रुपमा ठिक हुने क्रममा छन् भन्ने हो । केहि दिन पछि सम्भवत उनको पीसीआर टेस्ट निगेटिभ नै आउने छ किनकि उनले सम्भवत कोरोनालाई जितिसकेका छन् । अब र्‍यापिड टेष्ट गरेको के फाइदा भन्नुहोला । फाइदा छ । यसको अर्थ हो उक्त युवकले नेपाल पसेपछि प्रथम २५ दिनमा जसजसलाई भेटे उनहरुलाई उनले रोग सारेका हुनसक्छन् । अब उनले भेटेका व्यक्तिहरुको ट्रेसिंग गरिनुपर्दछ ।

तर हामीले के बुझ्नु पर्छ भने कोरोनाका विषाणु शरीर भित्र प्रवेश गरिसके पछि पनि कहिलेकाहीं शरीरमा एण्टीबडी बिकसित हुन एक हप्ता भन्दा बढी पनि लाग्न सक्छ । यो समयमा दुबै र्‍यापिड टेष्ट गर्दा निगेटिभ आउन सक्छ । यस्ता व्यक्तिलाई तपाईं नेगेटिभहुनुहुन्छ भनेर क्वारेनटाइनबाट बिदा गरे पछि उक्त व्यक्तिले अन्य व्यक्तिमा कोरोना सार्न सक्छ ।

कोरोनाका थुप्रै विरामी व्यक्तिमा कुनै पनि लक्षण नदेखिन पनि सक्छ । चीनमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययन अनुसार कोरोनाका ५ विरामी मध्ये ४ विरामीमा बिना कुनै पनि लक्षण नभएका व्यक्तिबाट रोग सरेको पाइएको थियो । यस्ता व्यक्तिलाई ‘एसिम्प्टोमेटिक क्यारियर्स’ भनिन्छ । यो खतरनाक स्थिति हो ।

र्‍यापिड टेष्ट आफैंमा भरपर्दो विधि समेत होइन । यो टेष्टमा थुप्रैमा फल्स निगेटिभ रिपोर्ट देखिएका छन् । त्यसमाथि नेपाल भित्रिएको र्‍यापिड टेष्ट किटको गुणस्तरमै प्रश्नहरु उठिरहेका बेला यसको आधारमा कुनै व्यक्तिलाई कोरोना भए वा नभएको भनेर भन्नु त मुर्खता शिवाय केहि हुनै सक्दैन ।

एक त कोरोना रोग नै पत्ता नलाग्न सक्ने त्यसमाथि विश्वसनिय विधी नहुनुले पनि यसको प्रयोगमा प्रश्न उठाउनुपर्ने विभिन्न कारण छन् । नेपालका विभिन्न क्षेत्रमा एण्टीबडी र्यापिड टेष्ट भइरहेको छ । छिटै रिपोर्ट देखिने भएकाले सबैतिर यसको प्रयोग व्याप्त छ । थुप्रै ठाँउमा यस्तो र्‍यापिड टेष्ट गर्दै क्वारेन्टाइनका विरामी घर पठाउँदै गर्दा कतै हामीले भित्र भित्रै कोरोना फैलाइरहेका त छैनौँ भन्ने प्रश्न उब्जनु स्वभाविक हो ।

यो र्‍यापिड टेष्ट सक्रिय कोरोनाको रोग पत्ता लगाउने विधि होइन र यसको प्रयोग स्कृनिंग, रिसर्च (अनुसंधान) तथा सर्भिलेन्स( निगरानी) को लागी मात्र गर्नु जरुरी देखिन्छ । सक्रिय कोरोना रोग पत्ता लगाउन अहिलेसम्म पीसीआर विधि नै प्रमाणित विधि हो र यसको क्षमता सयौं गुणा बढाएर लानुपर्ने देखिन्छ । जबसम्म लाखौं टेष्ट हुँदैनन तबसम्म देशमा कोरोनाको स्थिति के छ भनेर पत्ता लाग्दैन । जबसम्म स्थिति पत्ता लाग्दैन तबसम्म लकडाउन खोल्ने वा सिमित आर्थिक गतिविधि शुरु गर्ने त सवालै उठ्दैन ।

  • डा.सुनिल पाैडेल

    दुखाइ रोग विशेषज्ञ डा. पाैडेल स्पार्क हेल्थ हाेम अस्पतालका मेडिकल डाइरेक्टर हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

बिमा समितिले कम्पनीहरूलाई भन्यो, कोरोना भाइरस बिमा लेख जारी गर्नू

बिमा समितिले कम्पनीहरूलाई भन्यो, कोरोना भाइरस बिमा लेख जारी गर्नू

हेल्थ टिभी अनलाइन\काठमाडौं : बिमा समितिले कोरोना भाइरस बिमा लेख जारी गर्न सबै निर्जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ। समितिले सबै निर्जीवन बिमा कम्पनीको बिमा पुलमार्फत सो व्यवस्था गर्न निर्देशन दिएको हो।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि हालसम्म १६ जनामा देखिएको भन्दै सो रोग नेपालमा अझै फैलिनसक्ने सम्भावनालाई मध्यनजर गरी न्युन आय भएका वर्गलाई समावेश गर्ने उद्देश्यले त्यस्तो बिमा लेख जारी गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

घातक रोगसरहको बिमालेखअनुसार हुने गरी गर्ने व्यवस्था गरिएको जानकारी दिँदै समितिले सो कार्यक्रमलाई क र ख बिमांक कायम गर्नसमेत निर्देशन दिइएको छ। एक लाखसम्मको बिमांक राखेर सो योजना लागू गर्न भनिएको उल्लेख गर्दै समितिले व्यक्तिगतरूपमा बिमा गर्दा प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क कायम गर्न समितिले भनेको छ। परिवार सबैको बिमा गरिएको खण्डमा प्रतिव्यक्ति ६०० बिमा शुल्क कायम गर्न भनिएको छ।

यस्तै ५० हजारको बिमांक राखेर बिमा गर्न सकिने अर्को कार्यक्रम पनि ल्याइएको छ। त्यसमा व्यक्तिगतरूपमा बिमा गर्दा प्रतिव्यक्ति ५०० बिमा शुल्क कायम गर्ने र परिवारका सम्पूर्ण सदस्यको समेत बीमा समावेश भएमा प्रतिव्यक्ति  ३०० बिमा शुल्क लिन भनिएको छ।

समितिका अनुसार दाबीका लागि बिमा शुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहनेछ। उक्त बिमाको व्यवस्थापन लघुबिमा नै रहेको मौजुदा लघु बिमामार्फत गर्नुपर्ने र बीमा लेख जारी गर्दा कृषि बिमा तथा घुम्ती बिमाका लागि तोकिएका जिल्लामा सम्बन्धित कम्पनीले अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था गरिएको हो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

सुदूरपश्चिममा ६ हजार २ सय २६ जनाको कोरोना परीक्षण

सुदूरपश्चिममा ६ हजार २ सय २६ जनाको कोरोना परीक्षण

शेर भण्डारी \डडेल्धुरा:  सुदूरपश्चिममा हालसम्म ६ हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीका अनुसार आज सम्म ‘पीसीआर’ प्रविधिबाट एक हजार ८ सय ९३ र र्‍यापिड टेस्ट मार्फत चार हजार तीन सय ३३ जना गरी ६ हजार दुई सय २६ जनाको कोरोना संक्रमण परीक्षण गरिएको हो ।

अहिलेसम्म र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। यसैगरी आजै मात्र धनगढीमा पीसीआर मेसिनमा परीक्षण गर्दा रुकुमका थप दुई जनाको रिपोर्ट पोजेटिभ आएको भए पनि पुन परीक्षण का लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त परीक्षणको रिपोर्ट आएपछि मात्र उनीहरुको रिपोर्टकाबारेमा सही जानकारी हुने केन्द्रले जनाएको छ । अहिले सम्म यी दुई केसलाई पुष्टि गरिएको छैन्।

सुदूरपश्चिममा मात्रै अहिलेसम्म ६ हजार ८ सय ७४ जनाको नमूना संकलन गरिएकोमा अझै ६ सय ४८ जनाको रिपोर्ट आउन बाँकी रहेको पनि आपतकालिन केन्द्र डोटीले जनाएको छ।

आज मात्रै सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट थप चार सय १६ जनाको नमूना परीक्षण गरिएको छ।  यसैगरी सुदूरपश्चिमका ८ सय २४ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ।  कञ्चनपुरमा ४ सय ६८, बैतडीमा एक सय ८१, दार्चुलामा एक सय ५१, डडेल्धुरामा ११, डोटीमा चार सय १४, बझाङमा चार सय ७३, अछाममा एक सय ४३ र बाजुरामा ६३ जनाको र्‍यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।

अहिलेसम्म विभिन्न अस्पतालको आइसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ। कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच रहेको छ । उनीहरू सबै सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारमा छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो। त्यसैगरी अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेको संख्या पनि ६ लाख नाघेको छ।

अमेरिकामा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ। गएको २४ घण्टायता यहाँका दुई हजार ४९४ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ।

प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन्। त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ।

त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ। यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

प्रभावकारी बन्यो महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

प्रभावकारी बन्यो महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्।

महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरिरहेको छ।

कामपा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ। सम्झौताअनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डंगोलको भनाइ छ।

महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा  सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि टेलिफोन नम्बर १०२  मा सम्पर्क गर्न सकिनेछ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि डंगोलले आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना संक्रमण परीक्षण हुने

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना संक्रमण परीक्षण हुने

हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ।

मन्त्रालयले बिहीवार सूचना जारी गरी कोरोनाको उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि  र्‍यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्ने जानकारी दिएको हो।

यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडीटीबाट समेत परीक्षण गरिने भएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाइएको छ।

नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ। नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना र्‍यापिड टेष्ट : हेटौँडा उपमहानगरपालिकाका चारजनामा पोजेटिभ

कोरोना र्‍यापिड टेष्ट : हेटौँडा उपमहानगरपालिकाका चारजनामा पोजेटिभ

हेल्थ टिभी अनलाइन\काठमाडौं : र्‍यापिड टेष्टका क्रममा हेटौँडा उपमहानगरपालिकाभित्र चारजनामा कोरोना पोजेटिभ देखिएको छ।

हेटौँडा–४ र १५  मा भएको र्‍यापिड टेष्टका क्रममा चारजनाको पोजेटिभ आएको हो। हेटौँडा–वासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।

उनीहरूमध्ये भारत घर भई हेटौँडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय  वृद्ध, भारत बेङ्लोरबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय  युवक छन्।

उनीहरूलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। र्‍याापिड टेष्टमा पोजेटिभ पाइएकाको परिवार, नियमित सम्पर्क हुनेहरूको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको उपमहानगरप्रमुख महतले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा नयाँ संक्रमण देखिएन्, र्‍यापिड टेष्टमा पोजेटिभ आएका सबैको ‘पीसीआर’ गर्दा नेगेटिभ

२४ घण्टामा नयाँ संक्रमण देखिएन्, र्‍यापिड टेष्टमा पोजेटिभ आएका सबैको ‘पीसीआर’ गर्दा नेगेटिभ

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  पछिल्लो २४ घण्टामा गरिएका कोरोनाको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।

डा देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३६९ र र्‍यापिड टेष्ट विधिबाट ३ हजार २ सय ६३ जनाको कोरोना परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ रिपोर्ट आएको बताए । उनले भने, ‘हामीले परीक्षणको दायरा बढाउँदै सबै प्रदेशबाट परीक्षण गरिहरका छौं तर आज कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन्।’ उनले बुधबार केही व्यक्तिहरुमा र्‍यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको भए पनि पीसीआर प्रविधिबाट परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको बताए ।

योसँगै उनले ८ जिल्ला बाहेक सबैमा र्‍यापिड टेष्ट विधिबाट नमुना परीक्षण भइरहेको पनि जानकारी दिए । उनले आज बिहानसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ९ सय १ र आइसोलेसनमा १ सय तीन जना रहेको पनि  जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

डडेल्धुरामा सैनिक जवानले रक्तदान गरेर बचाए गर्भवतीको ज्यान

डडेल्धुरामा सैनिक जवानले रक्तदान गरेर बचाए गर्भवतीको ज्यान

शेर भण्डारी\ डडेल्धुरा: डडेल्धुरामा  नेपाली सेनाका जवानले रक्तदान गरेर एक गर्भवतीको ज्यान बचाएका छन्।

डोटीको आदर्श गाउँपालिका–५ की २० वर्षीया गर्भवती मीना भाटको ३ जना सेनाले दिएको रगतले ज्यान जोगिएको हो।

डडेल्धुरा अस्पतालमा बुधबार भर्ना भएकी महिलाको बच्चा जन्मनुअघि नै अत्यधिक रक्तश्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो।

त्यसै त रगतको अभाव हुने ठाउँमा लकडाउनका कारण रगत झनै नपाएपछि उनका आफन्त निरास बनेका थिए । रगत अभावको जानकारीपछि बिहीबार बिहान रणबम गण दह, डडेल्धुराका सैनिक जवान कमलबहादुर अधिकारी, नेपाल थापा र केशवराज जोशीले तीन पिन्ट रगत महिलाका लागि दान गरेका हुन्।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले सेनाका जवानले दिएको रगतका कारण महिलाको शल्यक्रिया गर्न सकिएको जानकारी दिए । उनको शल्यक्रिया गरेर बच्चा जन्मिएको छ।  महिलाको अवस्था जटिल बन्दै गएपछि अस्पतालले सेनासँग रक्तदानका लागि आग्रह गरेको थियो ।

हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

चिकित्सकमाथि लाठीचार्ज गर्नेलाई कारबाही गर्न संघको माग

चिकित्सकमाथि लाठीचार्ज गर्नेलाई कारबाही गर्न संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपाल चिकित्सक संघले कोरोनाको महामारीका बेला अस्पतालमा ड्युटी गरी फर्किएका चिकित्सकमाथि प्रहरीबाट भएको कुटपिटको विरोध गर्दै कारबाहीको माग गरेको छ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो महामारीका बेला हौसला दिनपर्ने चिकित्सकलाई उल्टै हातपात गर्नेमाथि कारबाहीको माग गरेको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले लेभल–३ कोभिड अस्पतालको रुपमा तोकिएको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्ति बाल अस्पतालमा न्याम्सका आवासिय चिकित्सक ड्युटी गरी आफ्नो कोठामा फर्किने क्रममा कान्ति बाल अस्पतालको ओरालोमा प्रहरीबाट हातपात र लाठी चार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानकर्षण भएको छ । अविलम्ब त्यस्ता प्रहरीहरुको छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दछ।’

संघले हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्न सक्ने तर्फ सचेत रहन पनि आग्रह गरेको छ।

संघका महासचिव डा बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन सरोकारवाला निकायलाई सचेत गराइएको जनाइएको छ ।

विज्ञप्ति:

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

आमासहित परिवारका सबैलाई कोरोना संक्रमण, तीन महिने शिशुको रेखदेखको जिम्मा लिए नर्सले

आमासहित परिवारका सबैलाई कोरोना संक्रमण, तीन महिने शिशुको रेखदेखको जिम्मा लिए नर्सले

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा सुत्केरी आमालाई कोरोना संक्रमण भएपछि बच्चाको रेखदेख अस्पतालले गर्दै आएको छ ।

भारतको छत्तीसगढको राजधानी रायपुरमा  तीन महिनाको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएपछि शिशुले आमाको दुध समेत खान पाएको छैन्। नत नजिक जान नै । महिलामा कोरोनो पोजेटिभ पाइएपछि बच्चाको हजुरआमाले रेखदेख गर्दै आएकी थिइन ।

हजुरआमालाई समेत ज्वरो आउने खोकी लाग्ने भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको एम्स रायपुर अस्पतालले जनाएको छ । त्यसपश्चात बच्चाको मामाले उनको रेखदेखको जिम्मा लिएका थिए । हजुरआमालाई कोरोना पोजेटिभ देखिएको ४ दिनपछि मामाको परीक्षण गर्दा समेत कोरोना पाइएपछि तीनै जनालाई अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।

परिवारका तीनैजनामा कोरोना संक्रमण देखिएपछि तीन महिने शिशुको स्याहार गर्ने कोही नभएकाले अस्पतालले जिम्मा लिएको अस्पतालका निर्देशक डा. नितिन एम नागरकरले जानकारी दिए ।

अहिले बच्चाको हेरचाह अस्पतालका दुई नर्सले गरिरहेका छन्। बच्चामा पनि परिवारबाट कोरोना सरेको हुनसक्ने भन्दै नर्सहरुले पीपीई लगाएर हेरचाह गर्ने गरेको अस्पतालले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक पुगेको छ भने ३९२ जनाले ज्यान गुमाएका छन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोरोना परीक्षण बढाउने उच्चस्तरीय समितिको निर्णय

कोरोना परीक्षण बढाउने उच्चस्तरीय समितिको निर्णय

हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि परीक्षण बढाउने निर्णय गरेको छ।

बुधवार सिंहदरबारमा  बसेको १९औँ बैठकले कोरोना भाइरस संक्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि बढ्दै गएको भन्दै परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो।

‘कोरोना भाइरसको संक्रमण फैलिँदै गएको छ, बैठकले परीक्षण, पहिचान र उपचारमा प्रभावकारी ढंगले अगाडि बढ्ने निर्णय गरेको छ’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायणप्रसाद विडारीले भने, ‘संख्यात्मक रूपमा परीक्षण बढाउनका लागि स्वास्थ्यकर्मीका समूह र प्रतिबद्ध संस्थालाई परिचालन गर्ने निर्णय भएको छ।’

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। हालसम्म १५ हजार बढीको र्‍यापिड डाइग्नोष्टिक टेष्ट र स्वाब परीक्षण गरिसकिएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले औषधिजन्य सामग्री र उपकरणको ल्याउँदा निजी क्षेत्रबाट आयात गर्न सहजीकरण गर्ने र स्वास्थ्य मन्त्रालय र मातहतको निकायबाट खरिद गर्ने प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको छ।

‘सरकार–सरकारबीचबाट औषधि र औषधिजन्य उपकरण ल्याउने कार्यलाई जारी राख्ने र आजै चीनबाट सरकार–सरकारबीच सामान ल्याउन परराष्ट्र मन्त्रालय र स्वास्थ्य मन्त्रालयले चीनका निकायसँग पत्रचार गरिसकेको छ’, सचिव विडारीले भने, ‘औषधि ल्याउने विषयमा तीन चरणको भिडियो कन्फरेन्स गरेर आवश्यकता र चाहिएको विषयका बारेमा कुरा भइरहेको छ, लागतका बारेमा पनि छलफल भइसकेको छ।’

बैठकले अतिआवश्यक सामान आपूर्तिलाई सहज राख्ने र सुरक्षा व्यवस्थामा कडाइ गर्ने व्यवस्थालाई समन्वयात्मक ढङ्गले सामान ढुवानीमा कतै अवरोध नगर्ने गरी भन्सार नाकामा सहज र सुरक्षित गर्ने निर्णयसमेत गरेको छ।

ताजा अपडेट