नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको निधन

नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको निधन

हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक विष्णु राईको आज निधन भएको छ । केही दिन अघिदेखि वीर अस्पतालमा उपचाररत राईको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

लामोसमयदेखि मधुमेहबाट पीडित राईको मिर्गौलामा पनि समस्या देखिएपछि उनले नियमित डायलाइसिस गराउँदै आएकी थिइन्। उनी नर्सिङ संघकी १३औं अध्यक्ष हुन् भने अहिले पनि सक्रिय रुपमा अध्यापन गराउँदै आएकी थिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

क्यान्सर बिरामीका लागि क्यान्सर सहयोग समूहले शुरु गर्‍यो निशुल्क यातायात सेवा

क्यान्सर बिरामीका लागि क्यान्सर सहयोग समूहले शुरु गर्‍यो निशुल्क यातायात सेवा

हेल्थ टिभी अनलाइन\ काठमाडौं: लकडाउनका कारण क्यान्सर बिरामीलाई अस्पतालसम्म आउन समस्या भएपछि उनीहरुका लागि निशुल्क यातायातको व्यवस्था गरिएको छ ।

नेपाल क्यान्सर सहयोग समूहले लकडाउनका कारण समस्यामा परेका क्यान्सर बिरामीलाई अस्पताल आउन र जान यातायातको व्यवस्था गरेको हो । क्यान्सरका बिरामीलाई नियमित फलोअप, किमोथेरापी, रेडियोथेरापी  दिन आउनै समस्या भएपछि सहयोग समूहले सो को लागि पहल गरेको समूहकी सदस्य स्वरुपा श्रेष्ठले जानकारी दिइन्।

हालका लागि उपत्यका भित्र मात्र सेवा शुरु गरिएको भए पनि लकडाउन लम्बिदै जाँदा यो सेवा उपत्यका बाहिर पनि शुरु हुने उनले जानकारी दिइन्। क्यान्सर सहयोग समूहले धेरै वर्षदेखि क्यान्सर बिरामीको हकहित र उनीहरुको उपचारमा पनि सहयोग गर्दै आएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा कोरोना उपचारमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीको उच्च सम्मान: हेलिकोप्टरबाट पुष्प वर्षा

भारतमा कोरोना उपचारमा खटिने चिकित्सक एवं स्वास्थ्यकर्मीको उच्च सम्मान: हेलिकोप्टरबाट पुष्प वर्षा

हेल्थ टिभी अनलाइन: भारत सरकारले कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई सम्मान गर्दै आकाशबाट पुष्प वर्षा गराएको छ ।

भारत सरकारले विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाको उपचारमा आफनो ज्यानको जोखिम मोलेर काम गरिरहेका उनीहरुको सम्मानमा हेलिकोप्टरबाट पुष्प वर्षा गरेको हो । आइतबार भारतका तीन सेना (थलसेना,वायुसेना र नौसेना ) ले आ आफनो तरिकाले आकाशबाट पुष्प वर्षा गरी चिकित्सक, स्वास्थ्यकर्मी , सुरक्षाकर्मी एवं अस्पतालमा खटिएका कर्मचारीका लागि सम्मान गरेको हो ।

कोरोना योद्धाका नाममा सरकारका तर्फबाट यो सम्मान गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । आइतबार जहाँ जहाँ कोरोना संक्रमितको उपचार भइरहेको छ ती अस्पताल माथि हेलिकोप्टरबाट फूलको वर्षा गर्दै आभार प्रकट गरिएको थियो । भारतीय सरकारले कोरोनाको लडाइँमा अघि सरेका योद्धालाई आभार प्रकट गर्न यस्तो गरिएको जनाएको छ । हेलिकोप्टरबाट पुष्प वर्षा गर्दा सबै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारी चौरमा भेला भएका थिए ।

भारतमा सोमबार बिहानसम्म सम्म ४२ हजार ५ सय ३३ जनाका कोरोना पुष्टि भएको छ भने एक हजार ३ सय ७३ जनको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जमा फेरी थपिए ६ जना संक्रमित, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

नेपालगञ्जमा फेरी थपिए ६ जना संक्रमित, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालगञ्जमा आजै फेरी ६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या १६ पुगेको छ ।

आज दिउँसो मात्रै ९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । अस्पताल स्रोतका अनुसार ९० जनाको परीक्षण गरिएकोमा अहिले फेरी थप ६ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये तीन जना महिला र तीन जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगञ्जका ९ जना संक्रमित अघिल्ला संक्रमितका आफन्त र छिमेकी रहेको पुष्टि

नेपालगञ्जका ९ जना संक्रमित अघिल्ला संक्रमितका आफन्त र छिमेकी रहेको पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं: आइतबार नेपालगञ्जमा एकैपटक ९ जना व्यक्तिमा कोरोना संक्रमण देखियो । ती नौं जना संक्रमित अघिल्लो पटक दुई दिन अघि मात्र कोरोना पुष्टि भएका ६० वर्षीय संक्रमतिको सम्पर्कमा आएका आफन्त र छिमेकी रहेको पाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले वैशाख १९ मा कोरोना पुष्टि भएका संक्रमितको सम्पर्कमा आउनेहरु ९० जनाको स्वाब संकलन गरी परीक्षण गर्दा आज ९ जनामा संक्रमण देखिएको बताए । उनले आज भेटिएका सबै संक्रमित यसअघिका संक्रमितका आफन्त र छिमेकी रहेको बताए । उनले नेपालगञ्जको भेरी अस्पतालमा गरिएको परीक्षणमा ९० जनामध्ये केहीको रिपोर्ट अझै आउन बाँकी रहेको पनि जानकारी दिए ।

आज पुष्टि भएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । उनले तत्कालका लागि सबै संक्रमितको उपचार सोही अस्पतालमा हुने बताए । उपाध्यायका अनुसार संक्रमितहरुमा कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ ।

आज पुष्टि भएका १० जनासहित नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । यसैगरी १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

वीरगञ्ज र नेपालगञ्जमा गरी आजै थप १० जनामा कोरोना पुष्टि

वीरगञ्ज र नेपालगञ्जमा गरी आजै थप १० जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जमा ९ जना र वीरगञ्जमा एक जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको हो। यसैगरी उनीहरुको उमेर ७ देखि ५८ वर्ष सम्म रहेको बताइएको छ । उता आज संक्रमित वीरगञ्जका ३६ वर्षीय पुरुष हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

यसरी बचौं कोरोनाबाट: यस्ता छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा

यसरी बचौं कोरोनाबाट: यस्ता छन् रोग प्रतिरोधात्मक शक्ति बढाउने खानेकुरा

यतिबेला विश्वलाई नै कोरोना महामारीले आक्रान्त बनाएको छ । यो नौलो भाइरस भएकाले पनि यसकाबारेमा धेरैले आ आफनो धारणा दिइरहेका छन्। यो स्वभाविक पनि हो । यो लेख तयार पार्दासम्म कोरोना संक्रमणका कारण २ लाख ४३ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। यसैगरी ३४ लाख बढी मानिस यो संक्रमणको शिकार भएका छन्। सरकारले यो बेला कोरोना रोकथाम तथा नियन्त्रणका लागि रणनिती बनाएर काम गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि साबुन पानीले हात धुने, सामाजिक दूरी काय गर्ने र पौष्टिक खानेकुरामा ध्यान दिन आग्रह गरेको छ ।  यो रोग फैलिन नदिन खानपानमा ध्यान दिंदै सामाजिक दूरी कामय गर्नुको विकल्प छैन्।  हालसम्म कोरोना भाइरसविरुद्धको कुनै पनि खोप वा औषधि नबनेका कारण यसबाट जोगिन अपनाउनुपर्ने उपायको अवलम्बन गर्नु बाहेक हामीसँग अर्को विकल्प छैन्। यसका लागि खानाबाट नै रोगसँग लड्नसक्ने प्रतिरोधात्मक शत्ति बढाउन जरुरी छ । परापूर्वकालदेखि नै मानव शरीरलाई अन्न र पानीको शरीर भन्ने चलन छ । रोग प्रतिरोधात्मक शक्ति बढाउनु भनेको रगतमा पाइने न्यूट्रोफिलको संख्या बढाउनु हो। यस न्युरोफिलले ‘टी कोष’ को कार्यक्षमता वृद्धि गरी संक्रमणबाट जोगाउन मद्धत गर्दछ । यसको क्षमता बढाउन दैनिक ध्यान दिनु पर्ने कुराहरु

१ दैनिक खानपानमा सिजन अनुसार तरकारी र फलफुल समावेश गर्ने ।
२ धुम्रपान नगर्ने र मद्यपान सेवन कमगर्ने वा नगर्ने।
३ मांशाहारी खानेकुराहरु आवश्यक मात्रामा खाने र साधारण तरीकाले पकाएर खाने।
४ दैनिक सात देखि आठ घण्टा आरामले सुत्ने।
५ दैनिक आधा घण्टा अनिवार्य व्यायाम गरी तौल सन्तुलनमा राख्ने।
६ मानसिक तनाव कम गर्ने।
७ संक्रमणबाट जागिन बेला बेलामा सावुन पानीले राम्ररी हात धुने।
८ आफनो व्यक्तिगत सरसफाईमा ध्यान दिने

कोरोनाको संक्रमण दीर्घ रोग भएका र रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुमा बढी हुने कुरा अध्ययनहरुले देखाइसकेका छन्। त्यसैले हामीले हाम्रो खानेकुरामा ध्यान दिन जरुरी छ । कुनै पनि हल्लाको पछि लागेर खानेकुरा खानहुँदैन । बेसार पानी खाएमा कोरोना लाग्दैन भन्दै बेसार पानी खानेहरु पनि देखियो । हो बेसारमा रोग प्रतिरोधात्मक क्षमता हुन्छ र तर कति खाने कसरी खानेमा ध्यान नदिंदा यसले हानी पनि गर्नसक्छ ।  बेसारमा पोटासियम को मात्रा धेरै हुने हुँदा धेरै मात्रा बढेर मुटु र मिगौला दुवैको कार्य क्षमतामा असर भई स्वास्थ्य समस्या आउन सक्छ त्यसैले गुणवान वस्तुको अधिक प्रयोग गर्दा शरीरलाई हानी पुर्याउन सक्दछौं । विशेष गरी रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागि जिङ्क, सेलेनिम, लौह तत्व, तामा ,फोलिक ऐसिड, भिटामिन ए,वि छ, सि र ई  भएका खानेकुराहरु खान आवश्यक छ।

नेपाली खाद्य स्रोतहरु: 

जिङक:  गहुँ, चना, मुसुरो,भटमास, तील काजु, सुर्यमुखीको वियाँ, कन्ने च्याउ, पात च्याउ, अण्डा
सेलेनिम:  कोदो,आँटा,चना,मुङ्ग दाल, मुसुरो, ठुलो, केराउ, चुकन्दर, चम्सुर र विया, तील,तोरी आदी
लौह तत्व:  लट्टे दाना, चिउरा, मकै, आँटा,  गहत, मस्याङ्ग, मुसुरो,राज्मा, भटमास, हरियो सागपात, इमली, जाइफल, धनिया दाना ,जिरा दाना, बेसार ,चम्सुर विया
तामा : काजु,कागजी,बदाम,तील,सुर्यमुदी बियो ओखर,मरिच, धनिया वियाँ,जिरा दाना , मेथी दाना, रहर दाल, भटमास, मुङ्ग
फोलेट्स : मकै कालो दाल बोडी सुकेको, सिमी सुकेको , मुसुरो मस्याङ्ग, राज्मा रहरको दाल भटमास लसुन सुकेको, नेथी दाना, जाइफल पिपलि कागजी, बदाम, ठुलो बदाम, काजु, काचो नरिवल, चम्सुर वियाँ,तील सानो बदाम, आलस, पेस्ता, सूर्यमुखी बियाँ ओखर, पनिर, खुवा, अण्डा, कुरीलो
भिटामिन बी छ : लट्टे दाना, जौ चना,कालो दाल मुसुरो, रहर भटमास, सिमी, रामतोरिया, तरुल, हरियो खुर्सानी,करी पत्ता, नेथी दाना पिपली, तील, पेस्तो,सूर्यमुखी वियाँ ओखर सख्खर।
भिटामिन सी : हरियो मकै,लट्टेको साग, गेडागुडी को टुसो, काउलीको पात, कर्कलो सजिवन, मेची साग,गौठ गोवी,साग बुकचौइ , भेडे खुर्सानी ,आँप अमला, सुन्तला, अम्वा, कागती,इमली,आरु, स्ट्रेवेरी हरियो खुर्सानी

भिटामीन ई : मिलमा कुटेको चामल, खैरो चामल, गँहु, सुकेको बोडी ,सिमी, मस्याङ्ग, रहरको दाल, तोरी साग फसिँको मुन्टा, पालुंगो ,रामतोरिया हरियो आँप, हरियो प्याज, पाकेको फर्सी, भुईकटहर आरुवखर, हरियो धनीया, अलैचि, लवाङ्ग, धनिया, जीरा, सुकेको जाइफल,बेसार ,ठुलो बदाम, सुकेको नरिवल ,चम्सुर,वियो , पेस्ता , सफोला वियो, सूर्यमुखी वियाँ ओखर, अण्डा,कुखुरोको मासु, माछा आदी हुन् ।

यी खानेकुरा आफनो दैनिक खानामा समावेश गरी कोभिड-१९ मात्रै हैन अन्य रोगसँग लड्ने क्षमता बढाउन सकिन्छ । जुन खानेकुरा प्रायजसो हामी सबैका भान्सामा हुन्छन्।

  • कविता महर्जन

    कविता नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरकी क्लिनिकल डाइटिसियन हुन्।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २ लाख ४३ हजार बढी नाघेको छ । यसैगरी कोरोना संक्रमितको संख्या  ३४ लाख २३ हजार नाघेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ हजार ७ सय ८३ पुगेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ११ लाख ३२ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।  यसैगरी अमेरिकापछि बढी कोरोना संक्रमणबाट इटलीमा २८ हजार २ सयले ज्यान गुमाएका छन्। बेलायतमा २७ हजार ५ सय, स्पेनमा २५ हजार १ सय, फ्रान्समा २४ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ ।

भारतमा पनि दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ३७ हजार ३ सय ३७ पुगेको छ भने १ हजार २ सय २३ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा संक्रमितको संख्या १८ हजार १ सय १४ पुगेको छ भने ४ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म ५९ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म नेपालमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन्।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण

दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतको दिल्लीमा एकै बिल्डिङमा बस्ने ४१ जनामा कोरोना संक्रमण पाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार दिल्लीको कापसहेड़ामा रहेको एक बिल्डिङमा बस्ने ४१ जनामा कारोना पोजेटिभ पाइएको हो । शुरुमा सो बिल्डिङमा बस्ने एक जनामा ज्वरो आउने, खोकी लाग्ने भएपछि १८ अप्रिलमा कोरोना परीक्षण गरिएको थियो । उनमा कोरोना पोजेटिभ पाइएपछि सो बिल्डिङका ६७ जनको नमुना संकलन गरी परीक्षण गरिएकोमा ४१ जनामा कोरोना पोजेटिभ पाइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

४१ जनामा कोरोना संक्रमण देखिएपछि सो बिल्डिङ र वरिपरीका क्षेत्र सिल गरिएको बताइएको छ । भारतमा हालसम्म ३७ हजार ७ सय ७६ जनामा कोरोना पुष्टि भइसकेको छ । यसैगरी १ हजार २ सय २३ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

२४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

२४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण, नयाँ संक्रमित देखिएनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं:  सरकारले गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको कोरोना आशंकामा परीक्षण गरिएको जनाएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा १ हजार २ सय ५२ जनाको परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले यो २४ घण्टामा कसैमा पनि कोरोना संक्रमण नदेखिएको पनि जानकारी दिए।

उनले हालसम्म पीसीआर विधिमार्फत १३ हजार ९८ जनाको र र्यापिड डायग्नोष्टिक किट मार्फत ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको बताए । यसैगरी कोरोना आशंकामा देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८९ जना राखिएको छ । शनिबारसम्म क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार ९ सय ७८ रहेको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

झुलाघाट नाकाबाट फर्केका एक नेपालीको क्वारेन्टाइनमा मृत्यु

झुलाघाट नाकाबाट फर्केका एक नेपालीको क्वारेन्टाइनमा मृत्यु

शेर भण्डारी\ डडेल्धुरा: भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका एक नेपालीको मृत्यु भएको छ। बैतडीको पुर्चौंडी नगरपालिका–६ मनकाली बस्ने ६७ बर्षीय जुने लुहारको शनिबार बिहान क्वारेन्टाइनमा मृत्यु भएको हो।

लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै बैतडी आएका थिए। एक महिना अघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै क्वारेन्टाइनमा बसेका थिए।

उनको शनिबार बिहान बाटोमा हिंड्दाहिंड्दै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ। मृतक लुहारको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भएको छ।

मृतक लुहारको शवलाई प्लास्टिकले बेरेर सुरक्षात्मक तरीकाले दाह संस्कार गर्न आफन्तहरुलाई आग्रह गरेको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए। कुँवरका अनुसार लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

कोभिड-१९ परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्ट: विकल्प या वाध्यता

कोभिड-१९ परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्ट: विकल्प या वाध्यता

खुशबु यादव

कोरोना भाइरस अर्थात कोभिड-१९ को प्रकोपबाट विश्व नै आक्रान्त भएको छ । हालसम्म २ लाख ३८ हजार बढी मानिसले विश्वभरि ज्यान गुमाईसकेका छन् भने विभिन्न देशहरुमा जीवन र मृत्यु बीच लाखौं मानिस संघर्षरत देखिन्छन् । वर्तमान परिवेशमा नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना रणनीतिहरुलाई परिष्कृत र परिमार्जित गर्दै ट्राभल रेष्ट्रिकसन, ट्रेसिंग, टेस्टिंग, ट्रयाकिङ्ग, ट्रीटमेन्ट र टुगेदर लगायतका ६ वटा फर्मुलालाई अघि सारेता पनि प्रयोगशाला परीक्षणले तिब्रता लिनसकेको छैन्।

नेपालमा मोलिक्युलर लेभलका प्रयोगशालाहरु उपकरणयुक्त र दक्ष जनशक्ति पर्याप्त नभएकाले पीसीआरको प्रयोग नभई आरडीटीलाई कोभिड १९ को परीक्षणमा प्रयोग गर्नु आवश्यकता भन्दा पनि वढी वाध्यता देखिन्छ । तदनरूप, विभिन्न देशबाट नेपाल आएका, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिमा कोरोना भए वा नभएको परीक्षण गर्न आरडीटी विधिलाई प्राथमिकता दिई देशको ७७ वटै जिल्लामा संक्रमण छ छैन हेर्नलाई र्‍यापिड डायग्नोष्टिक टेस्ट आरडीटी लाई गतिशिलता दिईएको छ ।

र्‍यापिड डायग्नोष्टिक टेस्ट अर्थात आरडीटी भनेको ‘इम्मुनोक्रोमाटोग्राफी’ वा ‘ल्याट्रल फ्लो इम्मुनोएसे’ को पोजिटिभ वा निगेटिभ गुणात्मकताका आधारमा प्रयोग गरिने विशेष प्रकारको इम्मुनोकेमिकल रिएक्सन नाप्ने विधि हो । यो सानो सहज र सजिलै एक ठाउँबाट अर्को ठाउँमा बोक्न सक्ने टेस्टिंग किट हो । यो सेरोलोजिकल विधि एन्टीजेन एन्टीबडी रियेक्सनको सिद्धान्तमा आधारित हुन्छ । मुख्यत: यसमा दुई प्रकारको एउटा एन्टीजेन किट र अर्को एन्टीबडी किटवाट स्क्रीनिंगका लागि विशेषगरि पोइन्ट अफ केयरमा परीक्षण गरिन्छ । यो लेख तयार पार्दा सम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार जम्मा प्रयोगशाला परीक्षण ५७,१८९ मध्ये ४५,६६५ एन्टीबडी आरडीटी विधि र ११,५२४ पिसिआर विधिवाट परीक्षण गरिएको छ । नमुना संकलनको क्रम बढेपनि लकडाउनको एक महिना बितिसक्दा पनि त्यस अनुपातमा परीक्षण कार्य बढाउन नसकिएको तथ्यांकवाट स्पष्ट हुन्छ  ।

हुनत कोरोनाको संक्रमण बढेतापनि विश्वमा नै शुरुवातमा कोभिड -१९ को परीक्षणमा र्‍यापिड डायग्नोष्टिक टेस्टको प्रयोग भने त्यति गरिएन । तर पछि वस्तुस्थितिलाई ध्यानमा राखी ४ मार्च, २०२० मा सेन्टर्स फर डिजिज कन्ट्रोल एंड प्रिभेन्सन (सिडीसी) ले क्लिनिसियनहरुको निर्णय अनुरुप प्रयोगशालामा आरडीटिको प्रयोग हुने अथवा नहुनेलाई प्राथमिकता दिदैं लगाइएका बन्धेजहरुलाई खुकुलो पारे । आरडीटिको प्रभावकारिता न्यून र चुनौतिपूर्ण भएकाले सिडीसीले यसको प्रयोगमा मुख्य तीन कुरालाई प्रधानता दिएका छन् । पहिलो अस्पतालमा भर्ना भएका कोभिड-१९ का लक्षण देखिने विरामी, दोस्रो संकटमय सिम्पटोमेटिक विरामी र तेस्रो त्यस्ता व्यक्तिहरु जो १४ दिन भित्र कोरोना संक्रमित वा संक्रमण सम्भावित सित सम्पर्कमा आएका अथवा संक्रमित समुदायको ट्रयाभल हिस्ट्री भएका व्यक्तिहरु पर्दछन् ।

१६ मार्च, २०२० मा युनाइटेड स्टेटस् फूड एड ड्रग एडमिनिट्रेसन( एफडीए)  ले पनि कोभिड-१९ को र्‍यापिडडायग्नोष्टिक टेस्टको कम्प्लेक्सीटीलाई ध्यानमा राखी नीतिलाई अपडेट गर्दै निश्चित मापदण्ड तोकेर प्रयोगशालामा वा स्वास्थ्यकर्मीद्वारा प्वाइन्ट अफ केयरमा आरडीटी विस्तारित रुपमा प्रयोग गर्न स्वीकृति प्रदान गर्यो । तर, एफडीएले घरमा आरडीटि परीक्षण गर्नलाई अनुमति दिएको छैन ।संगसंगै फाउनडेसन फर इनोभेटिभ न्यु डायगनोस्टिकस् ९एफआइएनडी० ले आरडीटि टेस्टको अनुमोदनका लागि निर्माण देखि प्रयोगसम्म मापदण्डहरु निर्धारित गरि प्रकाशित गरेका छन् ।अमेरिका, युरोप, अस्ट्रेलिया, भारत जस्ता अन्य देशहरुले पनि आरडीटी विधिबाट कोभिड- १९ परीक्षण गरिरहेका छन् ।

नेपालमा कोभिड -१९ जाँच गर्न रगतको नमुनामा चीनबाट आयात भएको एन्टीबडी किटले परीक्षण हुँदैछ । नेपालमा हाल प्रयोग हुने एन्टीबडी किटमा मात्र २ वटा डीटेक्सन ब्याण्डमा एउटा कन्ट्रोल र अर्को टेस्ट लाइन ९आइजिएमरआइजिजी वा अन्य का लागी रहेका छन् । यस विधिमा संकलन गरिएको रगतरसेरमरप्लाज्मा लाई स्याम्पल वेलमा राखेर त्यसमा २(३ ड्रोप बफ्फ़र त्यहि स्याम्पल वेलमा राखिन्छ । नतिजा १० मिनट पछि तर १५ मिनट भित्रमा टेस्ट लाइनमा रंग हेरेर निश्चित गरिन्छ । यद्यपि, डब्लुएचओले सक्रिय बिरामीको जाँच र परीक्षणमा हालसम्म यो विधिलाई स्वीकृति नदिएको अवस्था छ ।

विभिन्न अनुसन्धानहरुका अनुसार कोरोनाको संक्रमण दर फरक(फरक भएपनि प्रायः एक संक्रमित व्यक्तिवाट चार जनालाई सर्न सक्ने देखिएको छ ड ।ब्लुएचओ र नेचर साइन्सको अहिलेसम्मको तथ्यांकमा यो भाइरसवाट हुने मृत्युदर ५।९९ भएपनि यो दर दिनानुदीन बढ्दै गइरहेको छ । आरडीटि परीक्षण विधिको विस्वश्नीयतालाई मात्र आधार मानेर अगाडी बढ्ने स्थिति देखिदैन  । प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण पहिचान गर्न आरडीटि र पिसिआरको प्रभावकारी र गुणात्मक रिपोर्ट महत्वपुर्ण हुनजान्छ । तर आरडीटिको नतिजा र पिसिआरको फरक नतिजा जुनबेला पनि आउन सक्ने हुन्छ । किनभने वैज्ञानिक अनुसन्धानहरुको आधारमा संक्रमित शरीरले निश्चित समयपछि संक्रमण बिरुद्ध मानिसको शरीरमा आइजिजी र आइजिएम जस्ता एन्टीबडीहरु उत्पादित गर्दछ । एन्टीबडीहरुको निर्माणाधीन समयअवधिले कोभिड(१९ को परीक्षण नतिजालाई प्रभाव पारेको र फरक रिपोर्टहरु आउने तथ्यको पुष्टि भइसकेको छ ।

प्रारम्भिक चरणमा कोभिड- १९ को संक्रमण भएको १देखि ७ दिन भित्र आरडीटि नेगेटिभ आउँछ भने पीसिआरको नतिजा पोजेटिभ आउँछ मध्यम चरणमा ७-१० दिन पछि आरडीटि पोजेटिभ आउँछ र पिसिआरको नतिजा पनि पोजेटिभ नै देखिन्छ । अन्तिम चरणमा लगभग १४-२१ दिन पछि वा ३-४ हप्ता पछि आरडीटि पोजेटिभ आउँछ र पीसीआर परीक्षणको नतिजा चाँही नेगेटिभ देखाउन सक्छ ।यदि कुनै व्यक्तिमा आरडीटि र पिसिआर दुबै नेगेटिभ आउँछ भने विषाणुको संक्रमण नरहेको अवस्था बुझिन्छ ।

जबसम्म बिरामीको अवस्था अन्य परीक्षण संगै मिलाएर रिपोर्टको नतिजाहरुलाई विश्लेषण गरिदैंन तबसम्म प्रयोगशालामा कुनै परीक्षण आफैमा पूर्ण हुनसक्दैन  वि ।भिन्न देशहरुले र्‍यापिड डायग्नोष्टिक टेस्टलाई प्रयोगमा ल्याए पनि यसका रिपोर्टहरु माथि थरि थरिका प्रश्नहरु उठान भएको सार्वजनिक भइसकेको छ । आरडीटिको नेगेटिभ नतिजाले बिरामी कोरोना संक्रमित छैन भनेर यकिन गर्न मिल्दैन । कम एन्टीबडी रहेमा अथवा प्राविधिक रुपले कुनै कमि रहेको खण्डमा नतिजा नेगेटिभ आउन सक्छ ।

अर्को समस्या के छ भने यदि टेस्ट लाइन पोजेटिभ देखियो भने यो आइजिजी वा आइजीएम अथवा दुवैको कारणले पोजेटिभ देखिएको हो भनेर छुट्याउन सकिदैन । जसले संक्रमण प्रारम्भिक, मध्यम वा अन्तिम चरणको हो बुझ्न गार्हो हुन्छ । अर्थात, आरडीटि किटमा ३ वटा डीटेक्सन ब्याण्ड रहेका र्‍यापिड टेस्ट किटलाई प्रयोगमा ल्याए फलदायी हुनसक्छ । किनभने, त्यसवाट आइजिजी वा आइजिएम अथवा दुबै एन्टीबडीहरु छन् भनेर सजिलै पता लगाउन सकिन्छ ।

त्यसो त, कोरोनाको संक्रमण रोक्नलाई लकडाउन, क्वारेंटाइन र आइसोलेसनमा राखी उपचार गर्ने गरिन्छ ितर, मेडिकल साइन्सले रोगको उपचारमा मुख्यरुपमा तीन अस्त्र शल्यक्रिया, प्रयोगशाला परीक्षण र औषधि उपचारलाई प्रयोग गरेपनि तत्कालै कोरोनाका लागि उचित औषधि, खोप र शल्यक्रिया गर्ने नभएकाले प्रयोगशालामा गुणात्मक परीक्षणलाई प्राथमिकता दिई संक्रमितहरुलाई पहिचान गरि थप संक्रमणलाई रोक्नु नै मुख्य उपाय हुनसक्छ ।

कोरोनाभन्दा बढी त्रास त अहिले शंकास्पद रिपोर्टहरुले गरेको छ आरडीटि परीक्षणले कोरोना संक्रमितलाई यकिनका साथ पहिचान गर्न सक्दैन तसर्थ, आरडीटिले मात्र हुने होइन, बरु संसारकै सर्वोत्तम विश्वसनीय पिसिआर विधिवाट संक्रमितलाई पहिचान गरिनु नितान्त आवश्यक छ राज्यले यस्तो विषम परिस्थितिमा प्रयोगशालाहरुमा पिसिआरको सेटअप गरि प्रदेशहरुमा पिसिसार सेवा सुचारु गरेको पाइला एकदमै सराहनीय कार्य हो ितर, विडम्बना नै भनौ, सातै प्रदेशमा कोभिड(१९ परीक्षणका लागि प्रयोगशाला बढ्दै गएको र पिसिआर परीक्षण घट्दै गएको छ किनभने पिसिसार विधिमा बढी समय लाग्ने र यसमा अनुभवी उच्च दक्ष जनशक्तिहरु पनि चाहिन्छ ।

हाल, नमुना संकलन र ओसार पोसार गर्न चाहिने भाइरल कल्चर मिडियम तथा पिसिआर परीक्षणमा चाहिने सामग्रीको नियमित आपूर्तिको सुनिश्चितता नभएकाले नमुना परीक्षणमा कमि आउनु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अदुरदर्शितालाई स्पष्ट बोध गराउँछ भने अर्को तिर नमुना संकलनको प्रक्रिया, विधि र प्राविधिकहरु माथि नकारात्मक टिप्पणीहरु हुनु पनि चिन्तनीय विषय देखिन्छ ।

आरडीटि मात्रको परीक्षणले आम नेपालीलाई कोरोना महामारीको संकटमय भुमरीमा पार्ने सजिलै आँकलन गर्न सकिन्छ ियस्तो समयमा पीसीआर परीक्षणको महत्व नबुझी आरडीटिको प्रयोगलाई बढावा दिनु कतै भ्रष्टाचारको षड्यन्त्र र कमिशनको चलखेल त होइन िआश्चर्य नै देखिन्छ कि लकडाउनको एक महिना नाघिसक्दा पनि पिसिआर परीक्षणले गति लिनसकेको छैन िआखिर किन यति दिन पछि पनि पिसिआर विधि सक्रिय रुपमा सुचारु हुनसकेनन् रु कतै त सुचारु भएको पिसिआर समेत बन्द भइसकेको छापाहरुमा आइसकेको छ िआखिर किन यो अवस्था सृजना भयो रु या त सरकारले यसलाई बुझेका छैनन्, या बुझ्न चाहेका छैनन्, या बुझेर पनि नबुझया जस्तो गर्दैछन् ।

बुझ्नै पर्ने हुन्छ कि, पिसिआर प्रविधिको प्रयोग सबैले गर्न सक्दैनन् । य सको लागि चाहिन्छ तालिमप्राप्त अनुभवी दक्ष जनशक्ति संगै व्यवस्थित प्रयोगशाला िरोग सम्बधित सुक्ष्मजीव विज्ञानका जनशक्तिहरुको कमि भने नेपालमा होइन तर सरकारले विगत देखि नै माईक्रोबाओलोजिस्टहरुलाई अवहेलना गरेर यो अवस्थालाई निमन्त्रणा दिएका छन् ।

त्यसकारण, यस्तो विषम परिस्थितिमा राज्यले सुक्ष्मजीव कोभिड(१९ को परीक्षणमा त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, सुक्ष्मजीव विज्ञान विभाग, कीर्तिपुर र मान्यता प्राप्त संस्थाहरुबाट उत्पादित सबै मेडिकल माईक्रोबाओलोजिस्टहरुलाई समयमै समायोजन र सदुपयोग गरेको भए पिसिआरको प्राविधिक समस्याहरुलाई सजिलै टार्न सकिन्थ्यो ।  तर, त्यस्तो हुनसकेन ।सरकारको उदासिन रवैयाले देशको जेठो विश्वविद्यालयवाट उत्पादित माईक्रोबाओलोजिस्टहरुलाई प्रयोगशाला परीक्षणवाट वन्चित राख्नु सम्पूर्ण सुक्ष्मजीव विज्ञान, विज्ञ, विशेषज्ञ र विज्ञता सँगै त्रिभुवन विश्वविद्यालयको स्मितालाई मर्माहत गरेको छ ।

अन्ततः के भन्न सकिन्छ कि र्‍यापिड डायग्नोष्टिक टेस्टले संक्रमितको सहि पहिचान होइन, संक्रमणको आंकलन वा निगरानी मात्र गर्न सक्छ ।यापिड टेस्ट किटवाट निगेटिभ रिजल्ट आउदैंमा सार्स कोभ-२ को संक्रमण नभएको यकिन गर्न सकिदैन भने नन सार्स कोभ-२ को पुरानो वा नयाँ संक्रमणले गर्दा कोरोना भाइरसका एसट्रेन जस्तै कोरोना भाइरस एचकेयू १, एनएल ६३, ओसी ४३ वा २२९ ई ले गर्दा पनि पोजेटिभ रिजल्ट आउन सक्छ । अर्कोतिर, फल्स नेगेटिभ नतिजा झनै खतरनाक र घातक हुनसक्छ । अर्थात आरडीटि कै रिपोर्टको आधारमा बिरामीलाई छोड्नु कोरोनाको निदान होइन कि भयाभह स्थिति सिर्जना गराउनु हो । सुक्ष्मजीव बिशेषज्ञहरुले नेपालमा आरडीटिको प्रयोग दुखद र औचित्वहिन रहेको र राज्यलाई दोहोरो खर्चको भार हुने समेत दावि गर्दै आएका छन् । डब्लुएचओले र्‍यापिड  डायग्नोष्टिक टेस्टलाई मास स्क्रिनिंग, एपिडेमियोलोजिकल रिसर्च तथा सर्भिलेन्सका लागी मात्र प्रयोग गर्न भनेर स्पष्ट तोकेको अवस्थामा पनि नेपालमा भने व्यापक रुपमा डाइग्नोसिसका लागि प्रयोग भइरहेको हुँदा आउँदो समयमा राज्यले ठुलो क्षती बेहोर्नु पर्ने अवश्यम्भावी देखिन्छ ।

त्यसैले एउटा मात्र ब्रहमास्त्र मोलेकुलर परीक्षण विधि आरटी पिसिआरलाई प्राथमिकता दिई सुक्ष्मजीव विशेषज्ञहरुलाई सदुपयोग गरेर कोरोनाको संक्रमण र संक्रमित व्यक्तिको सही पहिचान गरि स्वास्थ्यकर्मीहरुको मनोवललाई वढाएर रोगको उपचार र निदान गरेमात्र जनता र देशलाई सुरक्षित राख्न सकिन्छ ।

( यादव माइक्रोबायोलोजिस्ट हुन् ।)

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?

अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

शेर भण्डारी\ डडेल्धुरा:  जिल्ला अस्पताल अछामको आइसोलेसनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

जिल्लाको मंगलसेन नगरपालिका- ५ की ५१ वर्षीया देवु सार्कीको बिहीबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। कोरोना भाइरस संक्रमणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ती महिलाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब सुर्खेत पठाइएको थियो। सुर्खेतमा थ्रोट स्वाब परीक्षण गर्दा रिपोर्टमा कोरोना नदेखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए।

उनले भने,’स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत पठाएका थियौँ। शुक्रबार प्राप्त रिपोर्ट अनुसार उनमा कोरोना नेगेटिभ देखाएको छ।’ कोरोना भाइरसको सामान्य लक्षण ज्वरो आउने, खोकी लाग्ने संकेत देखिएपछि उनलाई आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। उनलाई कोरोना भाइरसको आशंकामा बैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिक्एो थियो । उनमा श्वासप्रश्वास सम्बन्धी पनि समस्या रहेको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

भारतमा फेरी दुई साता लम्बियो लकडाउन

भारतमा फेरी दुई साता लम्बियो लकडाउन

हेल्थ टिभी अनलाइन: भारतमा दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनको समय पनि बढाउने निर्णय गरेको छ ।

भारत सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फेरी दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसपटक लकडाउन मे १७ सम्म जारी रहने छ । शुक्रबार भारतको गृहमन्त्रालयले दुई साताको लागि लकडाउन बढाइएको जानकारी दिएको हो ।

यसभन्दा अघि जारी गरेको लकडाउनको समय मे ३ सम्म थियो । यसपटक भने सरकारले कोरोना संक्रमण भएको एरियाबाहेक अन्य स्थानमा लकडाउन केही खुकुलो बनाएको जनाएको छ । हालसम्म भारतमा ३५ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार १ सय ५२ जनाले ज्यान गुमाइसकेका छन्। यसैगरी नौं हजार ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगंजका संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगियो

नेपालगंजका संक्रमितलाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा लगियो

हेल्थ टिभी अनलाइन \काठमाडौं:  नेपालगंजमा आज कोरोना पुष्टि भएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।

भेरी अस्पतालमा स्वाब संकलन गरी परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । नेपालगंज वडा नं ८ का ६० वर्षीय पुरुषलाई को बाट कोरोना सरेको हो भन्ने एकिन नभएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

उनले भने, ‘उहाँलाई खजुरास्थित क्वारेन्टाइनमा लगिएको छ अब डिटेल लिंदैछौं ।’ उनले संक्रमित व्यक्ति लकडाउन शुरु हुनुभन्दा अघि नै भारतको बहराइचबाट आएको भनिए पनि एकिन भइनसकेको बताए । उनले आजै सबै जानकारी लिइने र उनको सम्पर्कमा आउने सबैको स्वाब संकलन गरी परीक्षण गरिने बताए ।

योसँगै नेपालगंजका अर्का एक व्यक्तिमा पनि भेरी अस्पतालमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट शंकास्पद आएपछि उनलाई पनि सोही अस्पतालको आइसोलेसनमा राखिएको छ । यद्यपी उनको पुन: नमुना परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

नेपालगंजका एक र रुपन्देहीका एक गरी दुई जना संक्रमित थपिए

नेपालगंजका एक र रुपन्देहीका एक गरी दुई जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेका अनुसार नेपालगंजको भेरी अस्पतालमा एक जना र रुपन्देहीका एक जनामा कोरोना पुष्टि भएको हो। नेपालगंज बाँकेका ६० वर्षीय पुरुष र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको  स्वास्थ्य मन्त्रालयले  पुष्टि गरेको छ।

उनीहरूको विस्तृत विवरण केहीवेरमा मन्त्रालयले सार्वजनिक गर्दैछ । योसँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

Combating Pandemics: Protection against Ocular Transmission

Combating Pandemics: Protection against Ocular Transmission

Ranjan Shah

The world has suffered with various pandemic diseases where some of them have been proved very fatal to the humans being. Once again we are facing a very rugged time fighting with an invisible enemy; the novel COVID-19 caused by SARS-CoV-2 extracted from the series of pneumonia cases with unknown etiology seen in Wuhan a city of Hubei province in China in December 2019.

On December 31, an alert was announced by the Wuhan Municipal Health Commission and a rapid response team was sent to Wuhan by the Chinese Center for Disease Control and Prevention (CDC). Wuhan’s Huanan Seafood Wholesale Market, which was a potential origin point of the virus, was shut down and disinfected, and active case finding was initiated and vigorously pursued.

On January 30, 2020 the World Health Organization (WHO) declared a public health emergency of international concern (PHEIC) as of which across the world, most of the countries imposed lockdown, they started to emphasized the strict vigilance of entry of travelers at tourism sites as well as their people using correction diagnostics, instant isolation and quarantine of suspected patients, equipped with best medical facilities for handling any uncomely situation.

As per the WHO, Coronaviruses (CoV)  belongs to Coronaviridae, a large family of viruses that are known to cause illness ranging from the common cold to more severe diseases such as Middle East Respiratory Syndrome (MERS) and Severe Acute Respiratory Syndrome (SARS). There are several corona viruses that can infect different species of animals but only two strains have been found to infect humans: SARS-CoV and MERS-CoV causing SARS and MERS, respectively.  SARS caused the first pandemic in the 21st century, affecting more than 8000 people, killing 774 in 26 countries which imposed an enormous threat to international health and economy in 2003. MERS was then emerged as a new killer respiratory disease affected over 2400 cases reported to WHO to date, and over 850 deaths.

By January 7, 2020, Chinese scientists isolated the present novel coronavirus, severe acute respiratory syndrome coronavirus 2 (SARS-CoV-2; previously known as 2019-nCoV) which was later designated coronavirus disease 2019 (COVID-19) in February 2020, by WHO. This corona virus SARS-CoV-2, has not been previously identified in humans, is distinct from both SARS-CoV and MERS-CoV, but closely related yet. In the earlier days, cases had suggested that COVID-19 may be less severe than SARS and MERS. However, it has been filed that  SARS-CoV-2 is much more contagious than both SARS-CoV and MERS-CoV.

 The clinical spectrum of SARS-CoV-2 infection appears to be wide, encompassing asymptomatic infection, mild upper respiratory tract illness, and severe viral pneumonia with respiratory failure and even death. All CoVs are pleomorphic RNA viruses characteristically containing crown-shape peplomers with 80-160 nM in size and 27-32 kb positive polarity. They were not considered as highly pathogenic before SARS in the Guangdong state of China in 2002/2003 and MERS in the Middle East countries in 2012.

From the ocular perspective, literature says no ocular involvement has been described with either MERS-CoV or SARS-CoV. Although polymerase chain reaction on tears from patients with SARS-CoV infection demonstrated presence of the virus. There is also evidence that some coronavirus can occasionally cause conjunctivitis in humans. In fact, human coronavirus NL 63 (HCoV-NL63) was first isolated in a seven-month baby with diagnosis of bronchiolitis and conjunctivitis in 2004 towards the end of the SARS-CoV pandemic. A literature claimed subsequent in 28 cases of children with confirmed HCoV-NL63 infections, 17% had conjunctivitis. Though evidence of ocular transmission has not been well reported yet.  

In order to interrupt the chain of infection of CoV by shielding the eyes considered as a portal of entry and exit of contaminated discharges, the set of recommendation for the use of  “Personal Protective Equipment”, released based on the past experiences of tackling SARS CoV-2002/03 and MERS CoV -2012, also comprises wearing of goggles including face and full body shield for protection against ocular transmission and to combat with the further spread of the current COVID-19 pandemic due to the SARS-CoV-2.

(Ranjan Shah is associated with Nepal Netra Jyoti Sangh)

थप समाचार

Young people call for all SRH services, including safe abortion rights

Young people call for all SRH services, including safe abortion rights

WHO responds to U.S. decision to withdraw from the organization

WHO responds to U.S. decision to withdraw from the organization

State actors undermining SRHR : WGNRR warns of global backlash

State actors undermining SRHR : WGNRR warns of global backlash

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

WHO emphasizes leadership of persons with disabilities for an inclusive future

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Misuse and overuse of medicines fuel AMR, threatening global health and food security

Editor Acharya bags Global Award for AMR UNGA Reporting

Editor Acharya bags Global Award for AMR UNGA Reporting

World leaders commit to action to ensure future of modern medicine

World leaders commit to action to ensure future of modern medicine

World leaders urged to be more decisive in preventing AMR 

World leaders urged to be more decisive in preventing AMR 

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

South Asia regional media workshop to combat AMR to take place in Kathmandu

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले सय प्रतिशतसम्म जोखिम भत्ता पाउने निर्देशिका स्वीकृत

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीले सय प्रतिशतसम्म जोखिम भत्ता पाउने निर्देशिका स्वीकृत

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा प्रत्यक्ष संलग्न भएर खटिने स्वास्थ्यक्रमीलाई जोखिम भत्ता दिने निर्देशिका पारित गरेको छ।

मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीहरुका लागि तयार पारेको निर्देशिका पारित गरेसँगै स्वास्थ्यकर्मीले अब सय प्रतिशत सम्म भत्ता पाउने छन्। यसमा कुनै रोकावट आउने छैन्। यसो त सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारमा फ्रन्टलाइनमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत सम्म जोखिम भत्ता दिने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयले सो निर्णयपछि कोरोना भाइरसको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ को मस्यौदा तयार पारेको हो। स्वास्थ्य मन्त्रालयले तयार पारेको उक्त मस्यौदा मन्त्रिपरिषदले पास गरेको छ।

यसअघि नै बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई ५०, ७५ र १०० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो।निर्देशिका अनुसारकोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुने निर्देशिकामा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

महाकाली पारि अलपत्र परेका नेपालीको एक महिनापछि उद्दार

महाकाली पारि अलपत्र परेका नेपालीको  एक महिनापछि उद्दार

हेल्थ टिभी अनलाइन\ डडेल्धुरा:  नेपाल भारत सिमामा अलपत्र परेका दुई हजार पाँच सय ९५ जना नेपाली मजदुरको उद्धार गरिएको छ। बिहीबार भारतको पिथौरागढस्थित धार्चुला र झुलाघाटका क्वारेन्टाइनमा रहेका मजदुरको उद्धार गरिएको हो।

क्वारेन्टाइन अवधि सकिए पनि नेपाल प्रवेशको अनुमती नपाउँदा समस्यामा परेका उनीहरुलाई बिहीबार बिहानैदेखि प्रवेश अनुमती दिईएको थियो। दार्चुलाका दुई वटा नाका र बैतडीका एक नाकाबाट गरी २५ सय बढिको उद्धार गरिएको हो। दत्तु र खंलगा नाका भएर एक हजार दुई सय ९६ जना दार्चुला भित्रिएका छन्। जसमा बैतडी, बझाङका नागरिकलाई दत्तु नाका भएर प्रवेश गराईएको छ। त्यहाँबाट ९ सय २० जना नेपाल भित्रीएका छन्।

दार्चुला लगायत अन्य जिल्लाकालाई खलंगा नाका भएर प्रवेश दिईएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। उनका अनुसार खलंगा नाका भएर तीन सय ७६ जना भित्रीएका छन्। बैतडीको झुलाघाट नाका भएर एक हजार दुई सय ९९ जना नेपाल भित्रीएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

भारतको पिथौरागढ जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काइएको प्रजिअ पौडेलले जानकारी दिए। नेपाल र भारतका स्थानीय प्रशासनबीच सहमति गरेर नेपाली मजदुरहरुलाई स्वदेश फर्काइएको हो। सीमा नाकामा नेपाली मजदुरहरुको समान्य चेकजाँच गरेर स्वदेश भित्र्याइएको थियो।

‘स्वदेश फर्काइएकाहरुलाई अनिवार्य १४ दिन सम्म क्वारेन्टाइनमा राखिने छ। बैतडी जिल्लाका मजदुरहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ।’ उनले भने, ‘अन्य जिल्लाका नागरिकलाई पनि बैतडीमै १४ दिन क्वारेन्टाइनमा राखेर आरडीटी गरेपछि मात्रै घर पठाइने छ।’

एक महिनाभन्दा बढी भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई स्वदेश फर्काउनका लागि मजदुरहरुले बारम्बार आग्रह गरिरहेका थिए। एक महिनापछि स्वदेश फर्कन पाउँदा निकै खुसी लागेको मजदुरहरुले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

गर्मीमा पुदिना खानुका फाइदा

गर्मीमा पुदिना खानुका फाइदा

अछाममा आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

अछाममा आईसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु

शेर भण्डारी\ डडेल्धुरा: कोरोना आशंकामा जिल्ला अस्पताल अछामको आईसोलेसनमा भर्ना भएकी ५१ वर्षीय महिलाको मृत्यु भएको छ।

अछामका कोभिड- १९ सम्पर्क व्यक्ति देवदत्त जोशीका अनुसार उच्च ज्वरो आएपछि उनलाई तीन दिन अघि मात्र अस्पतालमा भर्ना गरिएको थियो । बिहिबार बिहान उनको मृत्यु भएको हो। उच्च ज्वरो आएका कारण कोरोनाको आशंका गर्दै उनको र्यापिड डायग्नोष्टिक विधि मार्फत कोरोना परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको  थियो । उनको मृत्यु कोरोनाको कारणले हो वा हैन भन्ने एकिन गर्न मृत्यु पश्चात थ्रोट स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

उनको नमुना संकलन गरी सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले जानकारी दिए। प्रमुख ढुंगानाका अनुसार बैशाख १६ गते ज्वरो आएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । पीसीआरको रिपोर्ट आएपछि मात्रै उनमा कोरोना हो वा होइन भन्ने थाहा हुने उनले जानकारी दिए।

ताजा अपडेट