चिकित्सा शिक्षा अध्यादेशमा सहमति नजुटेपछि संसद् बैठक स्थगन
काठमाडौं : चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगन भएको छ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा प्रमुख प्रतिपक्षी कांग्रेसले असहमति जनाएपछि बैठक सूचना टाँसेर स्थगन गरिएकाे हाे। आइतबारको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ पेश गर्ने मूल कार्यसूची थियो।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्न लाग्न भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्षी कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।
शून्य र विशेष समय लिएर सांसदहरुले बोल्ने क्रम सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठक आधा घण्टाका लागि स्थगन भएकाे घाेषणा गरेका थिए।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित