कर्मचारी समायोजन ऐनमा असहमति जनाउँदै स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षणपत्र
काठमाडौं : स्वास्थ्य मन्त्रालयका पेशागत संगठन तथा ट्रेड युनियनका पदाधिकारीले कर्मचारी समायोजनमा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा शुक्रवार मन्त्री यादवलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले कर्मचारी समायोजन अध्यादेश स्वास्थ्यका कर्मचारीका लागि विभेदकारी रहेको बताएका हुन्।
ध्यानाकर्षण पत्रमा सरकारद्वारा २०७५ मंसिर २३ गते राजपत्रमा प्रकाशित समायोजन अध्यादेश २०७५ ले स्वास्थ्यका तहगत रूपमा कार्यरत कर्मचारीलाई प्रशासन सेवाका कर्मचारीसरह व्यवहार नगरेको उल्लेख छ।
उनीहरूले आफ्ना पाँचबुँदे माग सम्बोधन नभएसम्म समायोजन ऐनमा सहभागी नहुने चेतावनी दिएका छन्। ध्यानाकर्षण पत्र बुझाउनेमा सरकारी चिकित्सक संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थ्य प्राविधिक संघ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन र स्वास्थ्यकर्मी युनियन नेपाल छन्। यस्तै नेपाल नर्सिङ संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम र नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’