भैरहवामा ‘आईसीयू’सम्बन्धी दुईदिने तालिम शुरु
काठमाडौं : भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, शिक्षण अस्पतालमा ‘आईसीयू’सम्बन्धी दुईदिने तालिम शुरु भएको छ।
नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउण्डेसनले आयोजना गरेको तालिममा आईसीयूमा काम गर्ने नर्सले जान्नुपर्ने आधारभूत कुरा सिकाइनेछ। आईसीयूमा आउने बिरामीलाई कसरी रेखदेख गर्ने, भेन्टिलेटर कसरी चलाउने, सीपीआर कसरी दिने लगायत पक्ष उनीहरूलाई सिकाइने आयोजकले बताएका छन्। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका डा. रेजिन उदय र डा. पवन बरालले यो तालिम गर्न संयोजन गरेका हुन्। तालिलमा ४० जना नर्स सहभागी भएका छन्।
योसँगै आईसीयूसम्बन्धी तालिम काठमाडौैमा मात्र सीमित नभई देशका विभिन्न स्थानमा शुरु हुन थालेको छ। यसअघि फाउण्डेसनले चितवन, झापा लगायतका नर्सलाई पनि यस किसिमको तालिम दिएको थियाे।
आगामी दिनमा देशभरीका आईसीयू भएका अस्पतालमा गएर नर्सलाई तालिम दिने लक्ष्य राखिएको पनि फाउण्डेसनले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण