Health TV Online
Health TV Online
Health TV Online

स्पार्क अस्पताल विराटनगरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर शुरू

स्पार्क अस्पताल विराटनगरमा तीनदिने निःशुल्क स्वास्थ्य शिविर शुरू

विराटनगर : स्पार्क अस्पताल विराटनगरले तेस्रो वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर शुरु गरेको छ ।

अस्पताल परिसरमा तीन दिनसम्म सञ्चालन हुने स्वास्थ्य शिविरको पहिलो दिन प्यारालाइसिस, हाडजोर्नी, घुँडा खिइने,नसा च्यापिएकालगायत समस्या भएका १५१ जनाले स्वास्थ्य परीक्षण गराएको अस्पतालका अध्यक्ष रूपेश अधिकारीले जानकारी दिए।

शिविरमा एक हजार बिरामीले सेवा लिने अपेक्षा गरिएको अधिकारीले जनाए। मंगलबारसम्म चल्ने शिविरमा अन्तिम दिन रक्तदान कार्यक्रम राखिएको छ।

भर्ना भएर उपचार गर्नुपर्ने बिरामीका लागि विशेष छुटको व्यवस्था गरेको अस्पतालले  जनाएकाे छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार