Health TV Online
Health TV Online
Health TV Online

जीवनशैली परिवर्तनसँगै मधुमेहका रोगी बढ्दै

जीवनशैली परिवर्तनसँगै मधुमेहका रोगी बढ्दै

काठमाडौं : जीवनशैलीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको भन्दै चिकित्सकहरूले चिन्ता जनाएका छन् ।

शहरी क्षेत्रमा मदिरापान, धूमपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको बताइएको छ। मोटोपनका कारण मुटुरोग तथा मधुमेहको जोखिम उच्च रहेको चिकित्सकहरूको भनाइ छ।

डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एसोसिएसन अफ नेपाल र सिनर्जी कर्पोरेशनको आयोजनामा भएको ‘मधुमेह रोग’सम्बन्धी छलफलमा चिकित्सकले मधुमेह रोग नियन्त्रणका लागि सरकारले विशेष कार्ययोजना ल्याउन मागसमेत गरे।

मधुमेह रोगविज्ञ डा. ज्योति भट्टराईले शहरी बासिन्दामा मधुमेह रोग बढ्दो क्रममा रहेको र नियन्त्रणका लागि नियमित औषधि प्रयोग गर्नेको सङ्ख्यासमेत वृद्धि भइरहेकाे बताइन्। मधुमेहबारे जनचेतना कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

एसोसिएसनका अध्यक्ष डा. दीना श्रेष्ठले चिकित्सकको उचित सल्लाहमामात्र अ‍ैषधि प्रयोग गर्न सुझाव दिइन्। रोग नै नलाग्न दिन मानिसले उचित आहारविहारमा ध्यान दिन र दैनिक व्यायाम गर्नुपर्ने उनले बताइन्। अधिक चिल्लोपना भएका खाना नखाने र नियमित व्यायाम गरेर नियमित चिकित्सकसँग परामर्श लिए रोग नै नलाग्ने उनको भनाइ छ।

मधुमेह रोग विज्ञ डा. अमित शाक्यले चिल्लोपना भएका खाना कम खाने, नियमिति अभ्यास गर्ने, धूमपान तथा मदिरापान सेवन नगरे मधुमेह रोगको जोखिम कम हुने बताए। कार्यत्र मा मधुमेहको उपचारका लागि उपलब्ध रहेको अत्याधुनिक औषधिमध्ये ‘एम्पाग्लिफ्लोजिन’को प्रयोग र यसको प्रभावबारे छलफल गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार