एनेस्थेसियाबारे अनुभव साट्न ‘करेन्ट २०१८’ कार्यक्रम हुने
काठमाडौं: एनेस्थेसियाबारे अनुभव साटासाट गर्न करेन्ट २०१८ अर्थात (अपडेट्स इन एनेस्थेसिया, क्रिटिकल केयर एण्ड पेन) नामक कार्यक्रम हुने भएको छ।
त्रिवि शिक्षण अस्पतालको एनेस्थेसियोलोजी विभागको आयोजनामा यही शनिबार हुन लागेको कार्यक्रममा एनेस्थेसिया, क्रिटिकल केयर र पेनबारेमा एक वर्षमा भएका गतिविधिबारे विज्ञहरूबीच छलफल हुनेछ।
कार्यक्रममा देशभरका एनेस्थेसियोलोजिस्टको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा एनेस्थेसिया,क्रिटिकल केयर, दुखाइ व्यवस्थापन लगायत विभिन्न विधामा गरी १२ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
बिरामीको शल्यक्रिया गर्दा एनेस्थेसियाको महत्त्वपूर्ण भूमिका हुन्छ। यसबारे विशेषज्ञ चिकित्सकहरुले के कसरी काम गरिरहेका छन् र आगामी दिनमा अझ बढी गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा छलफल हुने त्रिवि शिक्षण अस्पताल एनेस्थेसियोलोजी विभाग प्रमुख डा अनिल श्रेष्ठले जानकारी दिए ।
नेपालमा हाल रजिस्टर्ड एनेस्थेसियोलोजिस्ट ३०० जना भन्दा बढी छन्। बर्सेनि ४० जना एनेस्थेयिोलोजिस्ट उत्पादन हुने गरेको तथ्यांक छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’