Health TV Online
Health TV Online
Health TV Online

उपचारका क्रममा कैदीको मृत्यु

उपचारका क्रममा कैदीको मृत्यु

महोत्तरी : जलेश्वर कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ। धनुषाको साविक धनौजी गाविस–४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले जानकारी दिए।

धनुषा जिल्ला अदालतको आदेशअनुसार २०७४ भदौ ५ गतेदेखि लागुऔषध मुद्दामा जरिवानासहित एक वर्ष आठ महिना कैद भुक्तान गरिरहेका कैदी मण्डल नशासम्बन्धी समस्याले पीडित थिए।

बिहीबार अचानक बिरामी भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको थियो। उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको जेलर ठाकुरले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार