केमोथेरापी लिएका क्यान्सरको बिरामीमा जटिल खालको मिर्गौलाको समस्या

एक अध्ययनका अनुसार १० मध्ये एक केमोथेरापी लिएका क्यान्सरको बिरामीमा जटिल खालको मिर्गौलाको समस्या देखिने गरेको छ।
हालै गरिएको एक क्यानेडेली अध्ययनमा सन् २००७ देखि २०१४ सम्म केमोथेरापी लिएका करिब एक लाख ६३ हजार व्यक्तिलाई समेटिएको थियो। यसमा १० हजार आठ सयजना बिरामी जटिल मिर्गौलाको समस्या भएर अस्पतालमा भर्ना भएको थिए।
जटिल ‘ट्युमर भएको बिरामीमा सुरुको स्तरको क्यान्सरको बिरामीभन्दा ४१ प्रतिशतले मिर्गौलामा समस्या आउने हुन्छ।
जो व्यक्तिमा शुरुको अवस्थामा नै मिर्गौलाको समस्या छ, उनीहरू अरुभन्दा ८० प्रतिशतले मृगौलामा जटिल समस्या आएर अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने मधुमेहको बिरामीमा ४३ प्रतिशत सम्भावना बढी हुन्छ।
यो अध्ययनका ‘लिड अथर’ युनिभर्सिटी अफ टोरोन्टोका डा. अभिजत किच्लु भन्छन्, ‘क्यान्सरको उपचार गराउँदै गरेको बिरामीमा क्यान्सर र प्रयोग गरेको औषधिका कारण मिर्गौलामा समस्या हुने भएकाले बिरामीले सतर्क रहन जरुरी हुन्छ’।
पर्याप्त मात्रामा तरल पदार्थ खाने र कतिपय अवस्थामा मिर्गौलालाई हानि गर्ने औषधी प्रयोग नगरेमा मिर्गाैलाको समस्याबाट बच्न सकिन्छ। इबुप्रुफेन, स्टेराइडल एन्टि इन्फ्लामेटरी ड्रग्स, रक्तचापको औषधिको प्रयोग गर्नेमा यो समस्या आउने अनुसन्धाताहरूको भनाइ छ।
एजेन्सी
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा