Health TV Online
Health TV Online
Health TV Online

गैँडाकोटमा ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम

गैँडाकोटमा ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम

नवलपरासी : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमा लक्षित ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम ल्याएको छ। विपन्न समुदायलाई लक्ष्य गरी यो कार्यक्रम अघि बढाइएको हो।

गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई तीन हजार रुपैयाँ दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिइन्।

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको नगरपालिकाले जनाएको छ। यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ।

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ ।

कँडेलका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र यो सुविधा प्राप्त गर्न सक्ने छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार