कम गर्नुस् सामाजिक सञ्जालकाे प्रयाेग, निम्तिन्छन् यस्ता समस्या
अाजकाे अाधुनिक समाजमा प्रायः मानिसले कम्प्युटर वा मोबाइल फोनमार्फत सामाजिक सञ्जालको प्रयाेग गरिरहेका हुन्छन्। अमेरिकाको ७७ प्रतिशत जनसंख्याको सामाजिक सञ्जालमा खाता रहेको पाइन्छ।
‘फेसबुक’ जस्ता सामाजिक सञ्जालले कसरी मानसिक स्वास्थ्यमा असर पार्छ भन्ने कुरा हालैको एक अनुसन्धानले पुष्टि गरेको छ। ‘जर्नल अफ सोसल एन्ड क्लिनिकल साइकोलोजी’मा प्रकाशित याे अध्ययनका अनुसार सामाजिक सञ्जाल थोरै मात्र प्रयोग गर्दा डिप्रेसन र एक्लोपन महसुस हुने खतरा कम हुन्छ।
युनिभर्सिटी अफ पेन्सलभेनियामा गरिएको यो अध्ययनमा १४० विद्यार्थीको सहभागिता थियो जसलाई दुई समूहमा विभाजन गरिएको थियो। एउटा समूहलाई नियमित सामाजिक सञ्जाल प्रयोग गर्न दिइएको थियो भने अर्को समूहलाई निश्चित समयका लागि प्रयोग गर्न दिइएको थियो।
अध्ययनका अनुसार सामाजिक सञ्जालले ‘डिप्रेसन’, ‘एन्जाइटी’, कम निन्द्रा पर्ने, आत्मबल कम हुने, चाहिनेभन्दा बढी सक्रिय हुने जस्ता समस्या निम्त्याउँछ। यो समस्या किशोर–किशोरी र वयस्कमा बढी हुने गरेको छ।
सामाजिक कम प्रयोग गर्ने समूहको मानसिक स्वास्थ्य राम्रो थियो भने यसको प्रयोग सीमित नगरिएको समूहको मानसिक स्वास्थ्य पहिलो समूहभन्दा नराम्रो भएको पाइएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण