गाउँपालिकामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा पहल थालेको छ ।
गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो। वडा नम्बर ७ को कुइनेखानीमा समेत स्वास्थ्य एकाइ स्थापना गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
अहिले दरमिजामा स्वास्थ्य एकाइ स्थापना भएपछि भिरको बाटो हिँडेर दग्नाममा रहेको वडास्तरको स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। एक अहेब र एक कार्यालय सहयोगी रहने एकाइबाट स्वादर्मिजावासीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा उपलब्ध गराइने वडाध्यक्ष एकबहादुर गर्बुजाले जानकारी दिए।
एकाइ स्थापनापछि १०६ घरधुरीको बसोबास रहेको दर्मीजावासीलाई सामान्य बिरामी हुँदा पनि दुई घण्टा जङ्गल र भिरको बाटो हिँडेर दग्नाम स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता हटेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण