ज्येष्ठ नागरिक र बालबालिका केन्द्रित हुन स्वास्थ्यकर्मीलार्इ गाउँपालिकाकाे निर्देशन
सुर्खेत : तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित हुन निर्देशन दिएको छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक तथा चौकी इञ्चार्जसँग आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई वृद्ध तथा बाल स्वास्थ्यमा केन्द्रित भएर काम गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले बताए।
यही पुस देखि गाउँपालिकाका प्रत्येक बस्तीको घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेकाे उनले जानकारी दिए। गाउँपालिकाका प्रत्येक विद्यालयका विद्यार्थीलाई दुई महीनाको एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको योगीले बताए।
उनका अनुसार इञ्चार्जमार्फत गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मी फिल्डमै पुगेर ज्येष्ठ नागरिक तथा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि परिचालित हुनेछन्।
चिसो समयमा दम निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगबाट वृद्धवृद्धा र बालबालिका प्रभावित हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’