Health TV Online
Health TV Online
Health TV Online

बालबालिकामा हुने दृष्टिदोषबारे जानकारी दिन ‘गीत गाउने रुख’

बालबालिकामा हुने दृष्टिदोषबारे जानकारी दिन ‘गीत गाउने रुख’

काठमाडौं  : बालबालिकामा दृष्टिदोषका कारणबाट आउने समस्याबारे जानकारी दिन ‘गीत गाउने रुख’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ। अर्विस इन्टरनेसनलले काठमाडाैंमा कार्यक्रम गरी कथा पुस्तक सार्वजनिक गरेकाे हाे।

नेपाल नेत्रज्योति संघ र अर्विसद्वारा सञ्चालित विद्यालय तह आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत दृष्टिदोष र त्यसको सजिलै पहिचान र उपचारका लागि जनचेतना जगाउन पुस्तक प्रकाशनमा ल्याएको जानकारी दिइएको छ। अर्विसद्वारा प्रकाशित उक्त पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा छ। पुस्तक केननेथ योगस्टेले लेखेका हुन्।

‘गीत गाउने रुख’लाई नेपालका पाँच लाख बालबालिकाको आँखाजाँच र दृष्टिदोषको उपचारका लागि ‘रिच रिफ्रेक्टिभ इरर’ कार्यक्रमको एक अंगको रूपमा लिएकोअर्विसले  जनाएको छ।

संसारभर विद्यालय जाने उमेरका बालबालिकामध्ये ८० प्रतिशतमा दृष्टिदोष रहेको अर्विसको दाबी छ। यो समस्या पत्ता लगाई साधारण परीक्षणपछि एकजोर चस्माले समाधान गर्न सकिन्छ भन्ने सन्देश दिन यो पुस्तक प्रकाशन गरेको जनाइएको छ।

पुस्तक निःशुल्क वितरण गरिने जनाइएको छ। पुस्तक यसअघि भारत, दक्षिण अफ्रिका र क्यामरुनलगायत मुलुकका स्थानीय भाषामा प्रकाशन भइसकेको अर्विसले बताएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार