चिसाे बढ्दैछ, अपनाउनुस् सतर्कता
काठमाडाैं : पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। त्यसको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुस गरिएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ। बुधबार न्यूनतम ६ र अधिकतम १९ डिग्री सेल्सियस थियो। जाडोयाम शुरु भइसकेकाले न्यूनतम तापक्रम निरन्तर घट्नुका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए। सामान्यतय: डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडोयाम मानिन्छ ।
मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै वायुमण्डलमा विकसित भएका ससाना गतिविधिका कारण मौसममा खराबी आएको हो। अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ।
महाशाखाले विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक\दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाे बताएकाे छ।
निरन्तर चिसाे बढेकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेषगरी बालबालिका र वृद्धवृद्धाकाे खानपान र लगाउने कपडाहरूमा विशेष ध्यान पुर्याउनुपर्ने उनीहरू बताउँछन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’