‘प्रदेश १ आई केयर टुरिजमको केन्द्र’
विराटनगर : मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाल नेत्रज्योति सङ्घले शुरु गरेको विद्यालयका बालबालिकामा देखिने दृष्टि दोष निवारण कार्यक्रमको उद्घाटन गर्दै राईले आँखा परीक्षणको क्षेत्रमा प्रदेशको अस्थायी राजधानी विराटनगर अगाडि रहेको दाबी गरे।
मुख्यमन्त्री राईले अन्य रोगको उपचारका लागि नेपाली जनता भारतलगायत अन्य देशमा जानुपर्ने बाध्यता रहे पनि आँखा परीक्षणका लागि बर्सेनि भारतबाट लाखौँको सङ्ख्यामा बिरामी विराटनगर आउने गरेकाले पनि यस क्षेत्रलाई आई केयर टुरिजमको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
मोरङ र सुनसरीका स्कूलका बालबालिकाको निःशुल्क आँखा जाँच कार्यक्रम बुधबार शुरु गरिएको हो । कार्यक्रममा दुई लाख ८० हजार स्कुले बालबालिकाको निःशुल्क आँखा जाँच गरिने जनाइएको छ। विद्यार्थीलाई निःशुल्क औषधि र छ हजार चस्मा वितरण गरिने जनाइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’