नेपालमा हिमालयन ‘सिस्टिसरकोसिस्’ अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
काठमाडाैं : नेपालमा ‘सिस्टिसरकोसिस्’ अर्थात् नाम्ले किरामार्फत हुने छारेरोग विषययमा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ। ‘हिमालयन सिस्टिसरकोसिस् सम्मेलन ‘ नाम दिइएकाे उक्त सम्मेलन अन्नपूर्ण न्युरो अस्पताल ,स्वास्थ्य मन्त्रालय एवम अन्य सरोकारवाला संस्थाको संयुक्त आयोजनामा हुन लागेको हो।
नेपालमा वयस्कमा हुने छारेरोगको ६० प्रतिशत कारण नाम्लेकिरा रहेको भए पनि यसबारे जनचेतना कम रहेको भन्दै यसबारे सबैलाई सचेत गराउन सम्मेलन गर्न लागिएको आयोजक एवं वरिष्ठ न्यूरो सर्जन डा.बसन्त पन्तले बताए।
‘मकहाँ उपचार गर्न आउनेमध्ये ६० प्रतिशत छारे रोगको कारण नाम्ले किरा रहेको छ’, उनले भने, ‘तर उनीँहरूलाई यसबारे थाहा नै छैन। यो अहिले हाम्रो देशको ठूलो स्वास्थ्य समस्या बनेको छ।’
चिकित्सकहरूका अनुसार बंगुर सुँगुरकाे दिसापिसाब पानी वा अन्य खानेकुरामा मिसिएमा यो रोग फैलिन्छ। यो ‘वाटरबर्न’र जुनाेटिक डिजिज हो। १० वर्षअघि मेक्सिकोमा ठूलो समस्याका रूपमा रहेको यो रोग त्यहाँ अहिले निर्मूल भइसकेको छ। उनीहरूले कसरी नियन्त्रणमा ल्याए भनेर पाठ सिक्नुपर्ने डा.पन्तले बताए।
‘त्यसैले हामीले पनि यो सम्मेलनको नारा नै ‘टुआर्डस इराडिकेसन’ राखेका छौँ’, उनले भने, ‘मेक्सिकोले गर्नसक्ने हामीले पनि गर्न सक्छौँ भन्दै हामीले यो रोग उन्मूलनतर्फ भन्ने नारा राखेका हौँ।’
आउँदो शुक्रवार र शनिवार काठमाडौंको अन्नपूर्ण होटलमा दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा मेक्सिको, जापान, भारत, अष्ट्रेलिया, मलेसिया ,अर्जेन्टिना लगायतका विशेषज्ञहरू सहभागी हुनेछन्। यस्तै विभिन्न विधामा प्रस्तुति रहनेछ। साथै सम्मेलनले नाम्लेकिराबाट हुने छारे रोग कम गर्न के के गर्न सकिन्छ भनेर घोषणापत्र समेत जारी गर्नेछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’