Health TV Online
Health TV Online
Health TV Online

अब पाेखराका सबै शैक्षिक संस्थामा ‘प्याड’

अब पाेखराका सबै शैक्षिक संस्थामा ‘प्याड’

कास्की : पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने भएको छ। महानगरका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएका हुन्।

वडाको शिक्षा समितिको आयोजना तथा वडा कार्यालयको सहयोग र सामाजिक जागरणका लागि नारी अभियानको पहलमा वडा नम्बर ५ का सम्पूर्ण शैक्षिक संस्थालाई पहिलो सेनिटरी प्याडयुक्त घोषणा गरिएको छ ।

प्रवक्ता नेपालीले रजस्वला, किशोरीको स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले महानगरले अब सबै वडामा सेनिटरी प्याडयुक्त शैक्षिक संस्था बनाउन पहल गर्ने बताए। वडाले ३० हजार रूपैयाँ विनियोजिन गरी वडा नं. ५ का सम्पूर्ण शैक्षिक संस्थाका स्नानगृह र शौचालयमा सेनिटरी प्याड बक्स राखिने बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार