प्रदेश २ मा कुपोषणको समस्या बढ्दाे
वीरगञ्ज : पोषणयुक्त खानेकुराको अभावका कारण प्रदेश २ मा कुपोषणको समस्या बढेकाे छ। सरकारी तथ्यांकअनुसार प्रदेश २ मा ३६ प्रतिशत बालबालिकामा कम तौल भएको देखिएकाे छ। त्यस्तै ३७ प्रतिशत बालबालिकामा पुड्कोपन, १४ दशमलब ४ प्रतिशतमा ख्याउटेपन देखिएकाे छ।
गर्भवती महिला र बालबालिकामा पोषण तत्त्व अभावका कारण मानसिक तथा शारीरिक विकासमा कमी आउनुजस्ता समस्या भयावह रहेको बताइएको छ । समुदायमा पोषण शिक्षाबारे जनचेतना फैलाउन नसक्नु, अति गरीब समुदायका बालबालिकाको उचित स्याहारसुसार नहुनु, पोषिलो खानाको अभावको कारण यो रोग लाग्ने गरेकाे पाइएकाे छ।
बीसीजी सुई अभावका कारण ५७.८ प्रतिशत महिलामा रक्तअल्पता देखिएको छ। प्रदेशमा खोप लगाउनेको सङ्ख्या ६५ प्रतिशत मात्र छ। प्रदेश २ मा देखिएको कुपोषणको भयावह समस्यालाई समाधान गर्न नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनामा कुपोषण हटाउने कार्यक्रम अघि सारिए पनि प्रभावकारी हुन सकेकाे ५ैन।
कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सङ्घीय सरकारले प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बहुक्षेत्रीय पोषण योजना प्रादेशिक एकाइ कार्यालय स्थापना गरी चेतनामूलक कार्यक्रम अघि सारेको संयोजक हेमन्त झाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण