न्यूरो चिकित्सक सर्जनहरूको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न
काठमाडौं : न्यूरो चिकित्सक सर्जनहरूको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन साेमबार सम्पन्न भएको छ।
नोबेल शिक्षण अस्पताल र एसियन मेडिकल स्टुडेन्ट एण्ड रेसिडेन्स सोसाइटी फर न्यूरो सर्जरीको संयुक्त आयोजनामा भएको सम्मेलनमा संयुक्त अधिराज्य, क्यानडा, ब्राजिल, अफ्रिका महादेश, जापान, चीन, भारत, पाकिस्तान, र नेपाल गरी नौ देशका ३० वरिष्ठ न्यूरो सर्जन सहभागिता रहेको थियो। यसैगरी विभिन्न देशका करीब १५० जना न्यूरो सर्जरीसम्बन्धी विद्यार्थी र आवासीय चिकित्सकको पनि सम्मेलनमा सहभागिता रहेको आयोजकले जनाएको छ।
सम्मेलनमा नेपाल, भारत, पाकिस्तानलगायत देशका न्यूरो सर्जरी चिकित्सकले सम्बन्धित विद्यार्थी र आवासीय चिकित्सकको क्षमता अभिवृद्धिका लागि न्यूरो सर्जरीका विषयमा सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
वरिष्ठ न्यूरो सर्जन डा आइप चेरियन, डा. प्रकाश काफ्ले, डा. प्रमोद चौधरी, डा. भिग्नेस, डा. दीपक पौडेल, डा. सरन्या लगायतले सम्मेलनमा न्यूरो सर्जरीका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण