महोत्तरीमा ५० एचआर्इभी सङ्क्रमित
बर्दिवास : महोत्तरीमा एचआर्इभी सङ्क्रमितको सङ्ख्या ५० पुगेको छ। एचआर्इभी जाँचका लागि स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घले सो तथ्याङ्क हालै सार्वजनिक गरेको हो ।
सन् २००७ देखि एचआर्इभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको सो परियोजनाले रक्तपरीक्षणका क्रममा सङ्क्रमित पहिचान खुलेको परियोजनाका प्रमुख धिरज पौडेलले जानकारी दिए। सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआइभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका थिए।
सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन्। सङ्क्रमितमध्ये पाँच बालबालिका छन्। वैदेशिक रोजगारीबाट फर्किएकाहरू सङ्क्रमित भएको पाइएको छ।
स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण