‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइँदै
काठमाडौं : आज डिसेम्वर १ अर्थात विश्व एड्स दिवस । ‘एचआईभीको जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने नाराका साथ नेपालमा पनि ३१ औँ विश्व एड्स दिवस मनाइँदैछ ।
हरेक वर्ष डिसेम्वर १ का दिनलाई एचआईभी संक्रमित लाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्ने दिनको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न जनचेतामूलक कार्यक्रम गरी दिवस मनाउने गरिन्छ ।
दिवसकै अवसर पारेर सरकारले उपत्यकाका विभिन्न स्थानमा एचआइभीको निशुल्क जाँचका लागि शिविर राखेको छ । नेपालमा सन् २०१० को तुलनामा २०१७ सम्म आइपुग्दा एचआईभी संक्रमितको संख्या ६१ प्रतिशतले घटेको तथा ६३ प्रतिशतले बच्चामा हुने नयाँ संक्रमणमा कमी आएको राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले जनाएको छ ।
यसैगरी एड्सको कारण ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले घटेको पनि केन्द्रले जानकारी दिएको छ । हाल नेपालमा ३१ हजार २० जनामा एचआईभीको संक्रमण रहेको अनुमान गरिएको छ,तर १६ हजार ४ सय २८ जना एचआईभी संक्रमितले मात्रै उपचार गराइरहेका केन्द्रका निर्देशक डा तारानाथ पोख्रेलले जानकारी दिए । असुरक्षित यौन सम्पर्क,सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, कामका लागि विदेशिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रले जनाएको छ।
नेपालमा एड्स रोगको औषधि निशुल्क पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण