‘७६ प्रतिशत एचआर्इभी संक्रमण असुरक्षित यौनसम्पर्कका कारण’
काठमाडौं : नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कका कारण हुने गरेकाे तथ्य सार्वजनिक भएको छ। शुक्रवार विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको अन्तरक्रियामा याे तथ्य सार्वजनिक गरिएकाे हो।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेलले अझै पनि अधिंकांश बिरामीको संक्रमण हुने प्रमुख कारण नै असुरक्षित यौनसम्पर्क रहेको बताए। ‘हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ’, उनले भने, ‘तर सबैको पहुँचमा यो सन्देश पुप्न सकेको छैन। यसकारण ७६ प्रतिशत संक्रमणकै कारण भएको छ।’ पोखरेलले एचआइभी संक्रमितहरूले बिचमै औषधि छोड्ने कारणले पनि समस्या जटिल हुने गरेको बताए।
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लाेहनीले एचआर्इभी संक्रमितको क्षेत्रमा सबै मिलेर काम गर्न जरुरी रहेको बताए। उनले यो समस्या बहुपक्षीय प्रयासबाट कम गर्न सकिने भन्दै सबैको सहकार्यको आवश्यकतामा जोड दिए ।
२०१० देखि सन् २०१७ सम्ममा नेपालमा ६१ प्रतिशतले नयाँ संक्रमण घटेको र ६३ प्रतिशतले बच्चाहरूमा आउने संक्रमणमा कमी आएको कार्यक्रममा जानकारी गराइयो । यसैगरी सात वर्षयता एचआर्इभीबाट मृत्यु २३ प्रतिशतले घटेको समेत जनाइएकाे छ ।
नेपालमा हाल ३१ हजार हाराहारीमा एचआर्इभी संक्रमित रहेको अनुमान गरिएको छ। एचआर्इभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग र उपचार सेवाकालागि विश्वव्यापी रूपमै ध्यानाकर्षण गर्दै जनचेतना जगाउने उदेश्यले सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइन्छ।
नेपालमा पनि विविध कार्यक्रम गरी शनिबार दिवस मनाइँदैछ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’