कार्बन उत्सर्जन बढेकाे तथ्य सार्वजनिक, आर्थिक वृद्धिदरको मुख्य दोष
चार वर्षयता पहिलोपटक कार्बन उत्सर्जन बढेको तथ्यांक सार्वजनिक भएको छ । विवरण प्राप्त भएपछि संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसँग लड्न गरिएका प्रयास विफल भएकाे बताएको छ ।
राष्ट्रसंघअन्तर्गतको यूएन इन्भारोमेन्टले प्रकाशित गरेको ‘इमिसन ग्याप’ रिपोर्टअनुसार, सन् २०१७ मा कार्वनडाइअक्साइड उत्सर्जनको मात्रा बढ्नुमा आर्थिक वृद्धिदरको मुख्य दोष रहेको छ, जसकारण देशको कार्बन उत्सर्जन घटाउने प्रयासहरू कमजोर भएका छन्।
रिपोर्टले पेरिस जलवायु सन्धिले लिएको सन् २०३० सम्ममा कार्वन उत्सर्जनको मात्रा घटाइ तापक्रम वृद्धिदरलाई सुरक्षित सीमामा राख्ने लक्ष्य भेट्टाउन गाह्रो हुने विश्लेषण गरेको छ। रिपोर्टअनुसार, सन् २०२० सम्म विश्वव्यापीरूपमा उत्सर्जन अझै बढ्नेछ।
पोल्याण्डमा २ देखि १४ डिसेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन सुरु हुनभन्दा केही दिनअघि यस्तो रिपोर्ट आएको हो। संयुक्त राष्टसंघको यूएन इन्भारोमेन्टले पछिल्ला ९ वर्षसम्म वर्तमान र भविष्यमा हुने हरितगृह ग्यास उत्सर्जनको अनुमान गरिएका पछिल्ला वैज्ञानिक अध्ययननहको विश्लेषण गरेको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’