सैनिक र स्थानीय बासिन्दाबीच सम्बन्ध सुदृढ बनाउन स्वास्थ्य शिविर
बेझाड : पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तीलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा २४० जनाले सेवा लिएका छन्। शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन्।
शिविरमा क्याप्टेन डा. विजयप्रकाश श्रीवास्तव र डा. झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिएका हुन्। सैनिक र सर्रवसाधारबीच सम्बन्ध सुदृढ गर्ने उद्देश्यले नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा शिविर आयोजना गरेको हो।
शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ। ग्रामीण क्षेत्रका सर्वसाधारणलार्इ सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष थापामगरले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण