Health TV Online
Health TV Online
Health TV Online

कर्मचारीलाई कम्पनीले गर्भपतन गर्न आदेश दिएपछि…

कर्मचारीलाई कम्पनीले गर्भपतन गर्न आदेश दिएपछि…

चाइनाः चीनको एक निजी कम्पनीले आफ्ना गर्भवती कर्मचारीलाई गर्भपतन गराउन भनेपछि कम्पनीमा पूरै सन्नाटा छाएको छ । शिजाजुआंग प्रान्तस्थित एउटा बैंकले गर्भवती भएका आफ्ना महिला कर्मचारीलाई तत्कालै गर्भपतन नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको खबर बाहिर आएको छ ।

गर्भवती हुनु अगाडि कम्पनी व्यवस्थापनलाई पूर्व जानकारी नगराएको भन्दै उक्त बैंकले गर्भवती महिला कर्मचारीलाई यस्तो चेतावनी दिएको हो ।

उक्त बैंकले जनाए अनुसार  सबै महिला कर्मचारीहरुले वर्षको सुरुमा एउटा फारम भर्नुपर्दछ । उक्त फारममा यस वर्ष गर्भाधारण गर्ने योजना भए–नभएको खुलाउनु पर्दछ र गर्भाधारणको योजना भएमा सोही व्यहोरा खुलाएर फाराम स्वीकृत गराउनु पर्दछ ।  महिला कर्मचारीले साे नियमकाे पालना नगरेकाे अाराेप बैंककाे छ ।

एजेन्सीकाे सहयाेगमा

थप समाचार