जलवायु परिवर्तनले गर्भपात !
बंगलादेशको ‘इस्टर्न कोस्ट’को एउटा सानो गाउँ चकरियामा उच्च दरमा गर्भपातको समस्या देखिएको छ।
गर्भपात भनेको सामान्य कारणले हुने कुरा होइन।अनुसन्धाताहरूका अनुसार त्यस ठाउँमा गर्भपात हुनुको कारण जलवायु परिवर्तन हुनसक्ने अनुमान गरिएकाे छ।
‘यो जलवायु परिवर्तनले गर्दा भएको हो’, ‘इन्टरनेसनल सेन्टर फर डाइरियल डिजिज रिसर्च बंगलादेशकी वैज्ञानिक डा. मन्जुर हनिफी भन्छन्, ‘जलवायु परिवर्तनको भूभागमा हुने समस्या त देख्न सकिन्छ तर शरीरमा हुने समस्या देखिँदैन।’
रिसर्चले गरेको खोजका अनुसार समुद्र तटको २० किमि वरिपरिको तटीय मैदानमा र समुद्री सतहभन्दा सात मिटरमाथि बस्ने महिलामा १.३ गुणा बढी गर्भपात हुने सम्भावना छ। याे ठाँउमा ११ प्रतिशत महिलाको गर्भपात हुन्छ। मतलब भनिने अर्काे ठाँउमा यो संख्या अाठ प्रतिशत छ।
वैज्ञानिकहररूका अनुसार यसकाे प्रमुख कारण महिलाहरूले पिउने गरेको पानीमा नुनको मात्रा हाे, जसको कारण जलवायु परिवर्तन हो।
चकरिया गाउँ जाने बाटो सुख्खा समयमा निकै कठिन जसले एक दलदलमा पुर्याउँछ। पानी पर्ने मौसममा समुद्रमा पुर्याउँछ। गाँउमा केही झुपडी र असुरक्षित बाटो देख्न पाइन्छ। ‘अहिले यहाँ केही उब्जनी हुँदैन’, यहाँकी बासिन्दा ३० वर्षीया अल मुनाहार भन्छिन्, ‘यी दलदल भएको जमिनमा सन् १९९० ताका धान खेत हुन्थ्याे। अहिले हुँदैन।’
त्यस गाँउका थुप्रै गर्भपात भएको महिलामध्ये एक हुन्, मुनाहार। त्यस ठाँउमा छोराभन्दा छोरीलाई राम्रो मानिने उनी बताउँछिन्। ‘छोराभन्दा छोरी उत्तम’, उनी भन्छिन्, ‘छोराहरु भनेको मान्दैनन्, उनीहरू घमण्डी हुन्छन्। छोरीहरू नम्र स्वभावका हुन्छन्।’
मुनाहारका तीन छोरा छन्। छाेरी पाउने प्रयास गर्दा उनको पनि गर्भपात भएको थियाे।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य