के हाे निमाेनिया?, कसलार्इ र कसरी हुन्छ?

निमाेनिया भनेको एक किसिमको एउटा अथवा दुवै फोक्सोमा हुने ‘इन्फेक्सन’ हो। यो ब्याक्टेरिया, भाइरस, फङगार्इ जस्ता जीवाणुहरूबाट संक्रमित हुन्छ। निमोनियाले फोक्सोमा भएको हावाको थैली सुन्निन्छ। निमोनियाले यो थैलीमा तरल वा पिप भरिन्छ जसले सास फेर्न गाह्रो बनाउँछ।
लक्षण
खोकी लाग्नु,
ज्वरो, पसिना आउनु,
सास फेर्न गाह्रो हुनु,
छाती दुख्नु,
पाँच वर्ष मुनिका बालबालिकाको श्वासप्रश्वास बढ्नु,
वाकवाक आउनु, शरीरमा उर्जा हराउनु,
खानपान गर्न गाह्रो हुनु र
बूढो मानिसको शरीरको तापक्रम घट्नु।
निमोनियाका प्रकार
ब्याक्टेरियाले हुने निमोनिया– यो निमोनियामा ब्याक्टेरियाकाका कारण संक्रमण हुन्छ।
भाइरल निमोनिया– हावाबाट अथवा श्वासप्रश्वासको क्रममा लाग्ने निमोनिया बालबालिका र वृद्धवृद्धामा संक्रमण हुन्छ। यो निमोनिया सामान्य हुन्छ र केही दिनमा नै निको हुन्छ।
माइकोप्लाजमा निमोनिया– माइकोप्लाजमा कुनै भाइरस वा ब्याक्टेरीया होइन तर यो तर यो दुबै भाइरस र ब्याक्टेरिया जस्तै असर हुन्छ। माइकोप्लाजमाबाट सामान्य निमोनिया हुन्छ।
फङ्गल निमोनिया– यो किसिमको निमोनिया कमजोर व्यक्तिलाई संक्रमण हुन्छ।
के निमोनिया सर्छ?
धेरै जस्तो निमोनिया सर्ने किसिमको हुन्छ। भाइरल र ब्याक्टेरियल निमोनिया संक्रमित व्यक्तिको कफ, मुखबाट निस्किने तरलहरू बाट अर्को व्यक्तिमा सर्न सक्छ। फङ्गल निमोनिया सर्दैन।
कसलाई हुन्छ खतरा?
दुर्इ वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्ष भन्दा माथिका व्यक्ति,
पहिले ‘स्ट्रोक’ भएका व्यक्ति,
निल्न गाह्रो हुने व्यक्ति,
रोग प्रतिरोधात्मक शक्ति कम भएका व्यक्ति,
धूमपान गर्ने, लागूपदार्थ सेवन गर्ने, रक्सी खाने व्यक्ति र
दम, मधुमेह, हृदयरोगका बिरामीहरू।
निमोनियाको निदान
रगत जाँच– रगतको जाँचले निमोनिया भएको हो या हाेइन थाहा हुन्छ तर कारण पत्ता लाग्दैन।
खकार जाँच– खकारको जाँचले रोगको कारण पत्ता लाग्छ।
पिसाब जाँच– यो जाँचले ब्याक्टेरिया छ वा छैन भन्ने जाँच गर्छ।
पल्स अक्सिमेट्री– यो अक्सिजन मापन गर्ने मेसिन हो जसले फोक्सोले चाहिने जति अक्सिजन रक्त नलिमा पुर्याएको छ कि छैन भनेर जाँच गर्छ।
सिटी स्क्यान– यो जाँचले फोक्सोको फोटो देखाउँछ।
फ्लुड स्याम्पल– चिकित्सकलाई छातीमा कुनै किसिमको तरल भएको शंका भएमा छातीबाट तरल निकालेर जाँच गर्छन्। यो जाँचले निमोनियाको कारण पत्ता लाग्छ।
ब्रोन्कोसकपी– यो जाँचमा एउटा लामो ट्युब जसकाे अन्तिम भागमा क्यामेरा जडान गरिएको हुन्छ, मुखबाट छातीसम्म छिराइन्छ। यो जाँच बिरामीको स्थिति जटिल छ भने गरिन्छ।
निमोनियाको रोकथाम
निमोनिया लाग्न नदिन निमोनियाको भ्याक्सिन लगाउनु पर्छ। तर निमोनियाको भ्याक्सिनले पनि सबै किसिमको निमोनिया हुनबाट रोक्दैन। निमोनियाको भ्याक्सिन लगाएको छ भने सामान्य खालकाे बिरामी हुने खतरा मात्रै हुन्छ। त्यसैले यी कुरामा सँधै ध्यान दिनुपर्छ।
धूम्पान नगर्ने,
हात साबुनपानीले नियमित धुने,
खोक्दा मुख छोप्ने र
खानपान र जीवनशैलीमा ध्यान दिने।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा