रहर नगर्नुस् माेटाउन, यी राेगले सताउला
शरीरको बीएमआई ३० र सोभन्दा माथि भए त्यो अवस्थालाई मोटोपना भनिन्छ। मोटोपना र शरीरको बीएमआई मा उमेर, लिङ्ग, जातीय वर्ग, शरीरको मांसपेशी अनुसार पनि फरक पर्छ। शरीरले खपत गर्ने भन्दा बढी क्यालोरी खाँदा मोटोपनाको समस्या देखिन्छ। मोटोपनाले सामान्य तौल बढाउने भन्दा पनि अरु जटिलता पनि निम्त्याउन सक्छ।
माेटाेपनाका कारणहरू
चिल्लो भएर सही आहार नभएको खाना खानु,
जीवनशैली नियन्त्रणमा नहुनु,
कम सुत्नु, जसले गर्दा शरीरमा हर्मोनल बदलाव आएर धेरै भोक लाग्नु र क्यालोरी बढी भएको खानेकुरा खान मन लाग्नु,
वंशाणुगत,
उमेर बढ्दै जानु,
र गर्भवती अवस्था (गर्भवती अवस्थामा बढेको मोटोपन घट्न गाह्रो हुन्छ।)
मोटोपना बढाउने रोगहरू
पोलिसिस्टिक ओभरी सिन्ड्रम,
कुसिङ सिन्ड्रम,
हाइपोथाइरोडिजम,
ओस्टियोआरथ्राइटिस
कसलाई हुन्छ?
घर परिवारमा कसैलाई माटोपना छ भने यो वंशानणुगत पनि हुन्छ। पकाउने सही तरीका नजानेको घर, समाजमा पनि मोटोपना हुने सम्भावना रहन्छ। डिप्रेसनका बिरामी वा जसले एन्टिडिप्रेसेन्टको औषधि खान्छ, त्यस्तो व्यक्तिलाई पनि मोटोपना हुन सक्छ। धूमपान छोड्नु राम्रो हो तर धूमपान छोड्नाले पनि मोटोपना बढाउँछ। त्यसैले धूमपान छोड्ने वेलामा सही आहार मिलाउनुपर्छ।
मोटोपनाबाट हुने खतरा
टाइप–२ मधुमेह
मुटुरोग
उच्च रक्तचाप
क्यान्सर
ग्यालब्लाडर डिजिज
हृदयाघात
फ्याटी लिभर डिजिज
उच्च कोलेस्ट्रोल
स्लिप एप्निया(सुतेको बेला सास अड्किने समस्या)
आरथ्राइटिस
बाँझोपन
कसरी थाहा पाउने?
मोटोपना भएको बुझ्नको लागि आफ्नो छालाको मोटाइ हेर्न सकिन्छ। पेटदेखि कम्मरको भाग विचार गर्न सकिन्छ र अल्ट्रासाउन्ड, कम्प्युटेड टेमोग्राफी र एमआरआई पनि गर्न सकिन्छ। डाक्टरले भनेअनुसार अरु परीक्षण जस्तै रगतमा कोलेस्ट्रोल र सुगरको मात्रा, कलेजोको परीक्षण, मधुमेह, थाइराइड, मुटु आदिको परीक्षण पनि गर्न सकिन्छ।
उपचार (जीवनशैली परिवर्तन)
समयमा खाने, सुत्ने, व्यायाम गर्ने जस्ता कुरामा परिवर्तन ल्याउनुपर्छ। हप्तामा कम्तीमा पनि ३०० मिनेट व्यायाम गर्नुपर्छ।
अस्पतालमा जाँच गराउँदा चिकित्सकले स्वस्थ खानपान र व्यायामबाहेक अरु औषधि खान पनि सल्लाह दिन्छन्। केही उपाय नलागेको बेलामा औषधि दिने गरिन्छ। औषधि खाँदा केही नकारात्मक असर पनि पर्ने भएकाले याे समयमा चिकित्सककाे पूर्ण निगरानीमा रहनुपर्छ।
शल्यक्रिया
मोटोपनाको शल्यक्रिया त्यति वेला मात्रै गरिन्छ जति वेला बिरामीले जीवनशैली सुधार्ने प्रतिबद्धता जनाउँछ। यो शल्यक्रिया तब मात्र सफल हुन्छ जब बिरामीले खानेकुरामा ध्यान दिन्छ। यो ठूलो शल्यक्रिया हो जसले नकारात्मक असर पनि पार्न सक्छ। शल्यक्रियापछि बिरामीले खानपानमा ध्यान नदिए अझ बढी बिरामी हुने सम्भावना हुन्छ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स