आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
हेल्थ टिभी अनलाइन : अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीको अन्तरवार्ता लिएको विषय यतिबेला संसद्मा उठेको छ ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले केही दिनअघि सार्वजनिक भएको उक्त अन्तरवार्ता ले बिरामीको उपचारसँग जोडिएको संवेदनशीलता, गोपनीयता तथा संक्रमण नियन्त्रणको विषयमा प्रश्न उठाएकी हुन् । सांसद बास्कोटाले आईसीयू जस्तो संवेदनशिल स्थानमा गएर बिरामीको गोपनीयता तथा संक्रमणको बेवास्ता गर्दै अन्तरवार्ता लिइएको विषयलाई गम्भीर रुपमा हेरिनुपर्ने बताइन् ।
उनले आइसीयूमा उपचाररत बिरामीको अन्तरवार्ता लिनु र त्यसका लागि अनुमति दिनु पनि गलत भएको जिकीर गरिन् । केही दिनअघि पत्रकार सुरजसिंह ठकुरीले वीरेन्द्र सैनिक अस्पतालको आइसीयू कक्षमा गई भोटेकोशी बाढीबाट बचेका २ जना बिरामीको अन्तरवार्ता लिएका थिए । त्यसलगत्तै यस कार्यको विरोध हुँदै आएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम