आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
हेल्थ टिभी अनलाइन : आफ्नो घर आश्रममा पुरुष तथा महिलाको स्वास्थ्यसम्बन्धी समस्या पहिचान तथा आवश्यक परामर्श दिने उद्देश्यले स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रोस्टेट फाउन्डेसन नेपालका सचिव तथा वरिष्ठ मूत्ररोग विशेषज्ञ डा दिपक रौनियारले १५० जना पुरुषको प्रोस्टेटसम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए। यसैगरी १६ जना महिलाको किड्नीमा हुने पत्थरीलगायत अन्य स्वास्थ्य समस्याको समेत परीक्षण गरिएको थियो।
स्वास्थ्य परीक्षणका क्रममा सेवाग्राहीहरूको स्वास्थ्य अवस्थाको मूल्यांकन गरी आवश्यक उपचार, थप परीक्षण तथा स्वास्थ्यसम्बन्धी सावधानीका विषयमा चिकित्सकीय सुझाव दिइएको थियो।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन