Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न

‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न

हेल्थ टिभी अनलाइन : दाँत स्वास्थ्यको विशिष्टीकृत उपचार तथा अध्ययनसँग सम्बन्धित पहिलो पीजी कन्भेन्सन वीर अस्पतालमा सम्पन्न भएको छ। कन्जरभेटिभ डेन्टिष्ट्री एण्ड इन्डोडन्टिक्स एशोसिएसन अफ नेपालले आयोजना गरेको कन्भेन्सनमा देशभरबाट करिब एक सय जना विशेषज्ञ तथा दन्त चिकित्सकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विशेषज्ञहरूले विभिन्न विषयमा अनुसन्धानमूलक तथा प्राविधिक पेपर प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका पेपरमा दाँतको संरक्षण, रुट क्यानल उपचार, जटिल दन्त समस्याको व्यवस्थापन, उपचारमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा बिरामीमैत्री उपचार पद्धतिलगायतका विषय समेटिएका थिए।

यसैगरी दन्त उपचारमा भित्रिँदै गरेका अत्याधुनिक प्रविधि, नयाँ उपकरण तथा उपचार विधिका विषयमा समेत विशेषज्ञहरूबीच अन्तरक्रिया भएको थियो। प्रविधिको विकाससँगै दन्त उपचारलाई अझ प्रभावकारी, सुरक्षित र दीर्घकालीन बनाउन अपनाउनुपर्ने उपायबारे सहभागीहरूले अनुभव आदानप्रदान गरेका थिए।

कन्भेन्सनमा दाँत स्वास्थ्यको विशिष्टीकृत विधा कन्जरभेटिभ डेन्टिष्ट्री तथा इन्डोडन्टिक्स अन्तर्गत भइरहेका पछिल्ला अभ्यास, उपचार प्रविधि र अनुसन्धानका विषयमा विस्तृत छलफल भएको कन्जरभेटिभ डेन्टिष्ट्री एण्ड इन्डोडन्टिक्स एशोसिएसन अफ नेपालकी अध्यक्ष डा रिमा जोशी प्रधानले जानकारी दिइन् । कन्भेन्सनले दन्त चिकित्सक तथा विशेषज्ञहरूबीच ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको उनले जिकीर गरिन् ।

विशेषगरी पछिल्लो समय दाँत तथा मुख स्वास्थ्यसम्बन्धी समस्याको उपचारमा विशिष्टीकृत सेवाको आवश्यकता बढ्दै गएकाले यस्ता वैज्ञानिक सम्मेलनले चिकित्सकहरूलाई नयाँ अनुसन्धान र उपचार प्रविधिबारे अद्यावधिक हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कन्जरभेटिभ डेन्टिष्ट्री तथा इन्डोडन्टिक्स क्षेत्रमा कार्यरत चिकित्सकहरूलाई एउटै मञ्चमा ल्याएर पछिल्लो ज्ञान र प्रविधिबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको कन्भेन्सनले नेपालमा विशिष्टीकृत दन्त उपचारको विकासमा थप योगदान पुर्‍याउने विश्वास आफूले लिएको डा रिमाले व्यक्त गरिन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार