Health TV Online
Health TV Online
Health TV Online

जनावरको टोकाइबाट यसरी बच्नुस्, टोकिहाले अपनाउनुस् यी उपाय

जनावरको टोकाइबाट यसरी बच्नुस्, टोकिहाले अपनाउनुस् यी उपाय

हेल्थ टिभी अनलाइन : विश्वभर हुने मान्छेको मृत्युमा जनावरको टोकाइ एउटा मुख्य कारण हो। विश्वभर वर्षमा करिब ५० लाख मान्छेलाई सर्पले टोक्ने गरेको छ। अफ्रिका र पश्चिम–पूर्वी एसियामा मान्छे सर्पको टोकाइबाट बढी ग्रसित छन्।

सर्पले टोकेपछि सही ‘एन्टि–भेनम’को साथै द्रुत चिकित्सकीय सेवा आवश्यक पर्छ। विश्वभर वर्षमा १० लाख मानिस कुकुरको टोकाइबाट ग्रसित छन् र यसमा बढी बालबालिका छन्। कुकुर, बिरालो र बाँदरको टोकाइबाट लाग्ने ‘रेबिज’ चिन्ताको विषय भएको छ।

सर्पको टोकाइबाट बच्ने उपाय

झार, घाँस भएको ठाँउमा नजाने,

ठूलो बुट, जुत्ताको प्रयोग गर्ने,

भण्डारण गर्ने कोठा सफा राख्ने,

घर वरिपरीको फोहोर, झारपात, घाँस सफा गर्ने,

खनेकुरा राम्ररी बन्द हुने भाडोमा राख्ने, खाट भुइँभन्दा माथि उठाउने र सुत्ने बेला झुलको प्रयोग गर्ने।

उपचार

लगभग ६०० प्रकारका सर्प विषालु हुन्छन् र ५०–७० प्रतिशत टोकाइ यस्तै सर्पबाट हुने गरेको छ। टोकेको ठाँउमा थिच्ने र काट्ने काम गर्दा अवस्था अझ गम्भीर हुन सक्छ। सर्पको टोकाइबाट भएका बिरामीले अक्सर, ‘एन्टि भेनम’को उपचार गराउनु पर्छ स्वास्थ्यकर्मीको सल्लाह अनुसार नियमित जाँछ गराउनु पर्छ।

कुकुरको टोकाइबाट बच्ने उपाय

समुदाय, मुख्य रूपमा बालबालिकाहरुलाई कुकुरको टोकाइबाट हुने समस्याको बारेमा र बच्ने उपाय जस्तै संक्रमित कुकुरको छेउमा नजाने जस्ता विषय सिकाउनु पर्छ।

उपचार

कुकुरको टोकाइको उपचार घाउ भएको ठाँउ र बिरामीको स्वास्थ्य स्थिति हेरी गर्नु पर्छ–

प्रारम्भिक चिकित्सा व्यवस्थापन,

घाउको सरसफाइ,

घातक हुने सम्भावना थोरै छ भने घाउमा टाका लगाउने,

घेरै घातक छ भने घाउ निको बनाउन चिकित्सकको सल्लाहअनुसार ‘एन्टिबायोटिक’ औषधिको प्रयोग गर्ने,

यदि बिरामीलाई नियमित भ्याक्सिन दिएको थिएन भने ‘टिटानस’ भ्याक्सिन पनि दिने।

बिरालोको टोकाइबाट बच्ने उपाय

मुख्य रूपमा बालबालिकाहरुलाई बिरालोको टोकाइबाट हुने समस्याको बारेमा र बच्ने उपाय जस्तै संक्रमित बिरालोको छेउमा नजाने जस्ता कुरा सिकाउनु पर्छ।

उपचार

प्रारम्भिक चिकित्सक व्यवस्थापन र घाउको सफाइ गर्ने,

घाउबाट हुने जोखिमबाट बाँच्न चिकित्सकको सल्लाह अनुसार ‘एन्टिबायोटिक’को प्रयोग गर्ने।

यदि बिरामीलाई नियमित भ्याक्सिन दिएको छैन भने ‘टिटानस’ भ्याक्सिन पनि दिने।

बाँदरको टोकाइबाट बच्ने उपाय

मुख्य रूपमा बालबालिकाहरूलाई बाँदरको टोकाइबाट हुने समस्याको बारेमा र बच्ने उपाय जस्तै संक्रमित बाँदरको छेउमा नजाने जस्ता कुरा सिकाउनुपर्छ।

उपचार

प्रारम्भिक चिकित्सक व्यवस्थापन र घाउको सफाइ गर्ने,

घाउबाट हुने जोखिमबाट बाँच्न चिकित्सकको सल्लाह अनुसार ‘एन्टिवायोटिक’को प्रयोग गर्ने,

यदि बिरामीलाई नियमित भ्याक्सिन दिएको थिएन भने ‘टिटानस’ भ्याक्सिन पनि दिने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।