वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेलाई पुत्रशोक
हेल्थ टिभी अनलाइन : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेलाई पु्त्रशोक परेको छ । काफ्लेका एक्ला छोरा इन्जिनियर निरीष काफ्लेको आफैले चलाएको कार दुर्घटनामा परेर मृत्यु भएको हो ।
शुक्रबार हेटौंडा जाने क्रममा निरीषले चलाएको कार दुर्घटनामा पर्दा उनको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । ४१ वर्षीय उनी अमेरिका बस्दै आएका थिए भने नेपाल आएको ४ महिना भएको थियो । डा काफ्लेकी छोरीको पनि केही वर्ष अघि मृत्यु भएको थियो ।
डा काफ्ले चिकित्सा क्षेत्रमा मात्र नभएर सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय चिकित्सकका रुपमा परिचित छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य