स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालहरुलाई तयारी अवस्थामा बस्न निर्देशन
हेल्थ टिभी अनलाइन : भोटेकोसी नदीमा आज बिहान अचानक आएको बाढी लगायतका सम्भावित विपद् तथा आपतकालीन अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। मन्त्रालयले विपद् प्रभावित क्षेत्रका नागरिकलाई तत्काल स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापन पुर्याउन विभिन्न सरोकारवाला निकायसँग समन्वय समेत तीव्र पारेको छ।
मन्त्रालयले रेडक्रस, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, काठमाडौंका संघीय अस्पतालहरू र रक्तसञ्चार केन्द्रहरूसँग आवश्यक समन्वय गरिरहेको छ। काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूमा उपलब्ध तथा खाली बेडको विवरण अद्यावधिक गरी आवश्यकताअनुसार बिरामी व्यवस्थापनको तयारी चुस्त पारिएको छ। त्यसको लागि वीर वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या तयारी अवस्थामा राखिएको छ । उता विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामग्री तथा राहतका सामान पठाउन लागेको छ ।
घाइते तथा बिरामीको तत्काल ओसारपसारका लागि एम्बुलेन्स र आवश्यक स्वास्थ्य सेवाका साधनहरूलाईतयारी अवस्थामा राखिएको छ । यसै मन्त्रालयले आपत्कालीन स्वास्थ्यसम्बन्धी कुनै पनि सहयोग, जानकारी वा समन्वयका लागि आफ्नो हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
घाइतेहरुको उपचार तथा आकस्मिक उपचारका लागि इमरजेन्सी मेडिकल टीम तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।





स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालहरुलाई तयारी अवस्थामा बस्न निर्देशन
किष्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया कार्यक्रम
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा प्रमोद जोशी
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा सुधा बस्नेत