छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
हेल्थ टिभी अनलाइन : नेपाल इपिलेप्सि सोसाइटीको आयोजना तथा International League Against Epilespy ( ILAE) को सहकार्यमा यही असोज २ गते देखि ३ गते सम्म काठमाडौंमा Himalayan International Epilepsy Conference 2026 सम्पन्न भएको छ ।
Neurons to Network in Epilepsy Management मुख्य नारा रहेको यस सम्मेलनले छारे रोगमा न्युरोसाइन्सेसका अनुसन्धानदेखि प्रमाणमा अधारित आधुनिक शल्यकृया, उपचार , समुदाय र जनस्वास्थ्य सम्मको ज्ञान तथा सेवाको दायरा लाई जोड्ने लक्ष्य लिएको छ ।
सम्मेलनमा ILAE President Prof.Kheng Seang lim , इन्डियन एपिलेप्सि सोसाइटी का President Prof.Malla Bhaskar Rao, नेपाल इपिलेप्सि सोसाइटीका President Prof.Basant Pant लगायत , नेपाल , भारत , जापान , भुटान, मलेसिया , अमेरिका , ब्राजिल लगायत विभिन्न १२ वटा देशका विज्ञ तथा वैज्ञानिकहरुबाट छारे रोग सम्बन्धी वैज्ञानिक प्रस्तुती तथा छलफल भएको थियो । यस सम्मेलनमा २२ वटा अन्तराष्टिृय र ३० भन्दा बढी नेपाली विज्ञहरुको वैज्ञानिक प्रस्तुतिकरण रहेको थियो । १५० भन्दा बढी सहभागीहरु रहेको यस सम्मेलनमा विभिन्न विज्ञहरुद्वारा छारे रोगको आधुनिक शल्यकृया , उपचार र डाइग्नोस्टिक प्रविधि , जेनेटिक्स , ड्रग रेसिस्टेन्स छारे रोग , जनस्वास्थ्य लगायतका विषय मा प्रस्तुती तथा अन्तर्कृया कार्यक्रम भएको थियो ।
सम्मेलनमा प्रस्तुत हुने अनुसन्धान तथा अनुभवले नेपाल तथा दक्षिण एसिया लगायतमा देशहरुमा छारे रोग को शल्यकृया, उपचार को गुणस्तर र पहुँच साथै आधुनिक उपचार प्रविधीलाई अझै सुदृढ गर्न सरोकारवाला विज्ञहरु विच सहयोग पुग्ने अपेक्षा रहेको छ । सम्मेलनको एक दिन अगाडि असोज १ गते काठमाडौको वीर अस्पतालमा प्री कन्फेरेन्स वर्कसप पनि आयोजना गरिएको थियो। सम्मेलन ३ दिनसम्म चलेको थियो ।






छारेरोग सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ