Health TV Online
Health TV Online
Health TV Online

किष्ट अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफल

किष्ट अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफल

हेल्थ टिभी अनलाइन : किष्ट शिक्षण अस्पतालले १४औं कलेजो प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। यस सफलतासँगै किष्टले नेपालमै कलेजो प्रत्यारोपण शल्यक्रिया निरन्तर रूपमा नियमित सेवाका रूपमा सञ्चालन गर्दै आएको अग्रणी केन्द्रको रूपमा आफ्नो पहिचान थप सुदृढ गर्न सफल भएको छ ।

किष्ट शिक्षण अस्पतालले यसअघि नै नेपालमै जटिल र ऐतिहासिक मानिने (डुअल अर्गन ट्रान्सप्लान्ट) एकै बिरामीमा दुईवटा अंग प्रत्यारोपण० सफलतापूर्वक सम्पन्न गरिसकेको छ। उक्त उपलब्धि नेपाल सरकारद्वारा प्रकाशित प्रतिष्ठित ‘प्रगति किताब’ मा समेत उल्लेख भई राष्ट्रिय स्तरमा सम्मानित तथा गर्व गर्नलायक उपलब्धिका रूपमा स्थापित भएको छ। यसले किष्टको चिकित्सकीय दक्षता, प्रविधिगत क्षमता तथा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने सामर्थ्यलाई स्पष्ट रूपमा प्रमाणित गरेको छ।

किष्ट शिक्षण अस्पताल नेपालमै कलेजो प्रत्यारोपण सेवाका लागि अग्रणी, सक्रिय तथा उच्च प्रविधियुक्त स्वास्थ्य संस्थामध्ये एक हो। यहाँ कलेजो प्रत्यारोपणका लागि विशेष रूपमा नियुक्त, उच्च दक्षता प्राप्त तथा व्यवस्थित तालिम लिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको समर्पित र अनुभवी टोली कार्यरत छ। टोलीका सदस्यहरूबीच गहिरो बुझाइ, आपसी विश्वास तथा उच्चस्तरीय समन्वय कायम रहेकाले शल्यक्रिया प्रक्रिया सुरक्षित, व्यवस्थित तथा प्रभावकारी रूपमा सम्पन्न हुने गर्दछ।

कलेजो प्रत्यारोपण शल्यक्रियामा करिब ९५ प्रतिशतको उच्च सफलता दर कायम गर्दै आएको अस्पतालको दावी छ । कलेजो प्रत्यारोपण शल्यक्रिया पश्चात् बिरामीहरूको पोस्ट–रिकभरी हेरचाहलाई पनि अस्पतालले समान रूपमा उच्च प्राथमिकता दिएको जनाएको छ । प्रत्येक बिरामीलाई व्यक्तिगत आवश्यकताअनुसार विशेष हेरचाह, नियमित परीक्षण, समयमै औषधि व्यवस्थापन तथा चिकित्सकीय परामर्श प्रदान गरिने भएकाले छिटो, सुरक्षित तथा प्रभावकारी स्वास्थ्य लाभ सम्भव भएको अस्पतालले जनाएको छ। किष्टको व्यवस्थित पोस्ट–रिकभरी प्रणालीले बिरामीलाई सामान्य जीवनतर्फ फर्कन उल्लेखनीय सहयोग पुराएको अस्पताm प्रशासनको विश्वास छ ।

हाल दाता तथा ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनीहरू चिकित्सकीय निगरानीमा सुधारोन्मुख अवस्थामा रहेको अस्पतालले जनाएको छ । । उक्त कलेजो प्रत्यारोपणमा पत्नीले आफ्ना श्रीमानलाई कलेजो दान गरेकी हुन् । कलेजो ग्रहणकर्ता काभ्रेपलाञ्चोक जिल्लाका स्थायी बासिन्दा हुन् ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार