निपाह भाइरसप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा निपाह भाइरस पुष्टि भएको र नेपालमा पनि यसको जोखिम रहेकाले शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । हालसम्म यसको खोप वा विशेष औषधि नभएकाले रोकथामका उपाय अपनाउनु नै यसबाट बच्ने उत्तम उपाय भन्दै सबैलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।
के हो निपाह भाइरस ? कसरी बच्ने ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने एक किसिमको गम्भीर प्रकृतिको भाइरसको संक्रमण हो । यो भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भनिने चमेरोमा पाइने गर्छ । निपाह भाइरसका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, साथै टन्सिलाइटिस हुने हुन्छ । संक्रमित चमेरोबाट गाई गोरु संगुर जस्ता जनावरबाट मानिसमा सर्ने गर्छ ।
यो संक्रमणबाट बच्न गाइगोठ सफा राख्ने, फलफूल, तरकारी राम्ररी पखालेर र पकाएर मात्र खाने, मासु काट्दा पन्जाको प्रयोग गर्ने, भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, पानी उमालेर पिउने गर्नुपर्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य