काठमाडौंमा ‘हेल्थ एण्ड ह्युमानिटी सम्मेलन’
हेल्थ टिभी अनलाइन : काठमाडौंमा हेल्थ एण्ड ह्युमानिटी सम्मेलन सुरु भएको छ । डक्टर्स विथआउट बोडर्स Medecins Sans Frontieres (MSF) को आयोजनामा काठमाडौंमा एक दिने हेल्थ एण्ड ह्युमानिटी समिटको आयोजना गरिएको हो ।
‘ह्युमानिटी हिल्स’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा देश विदेशका गरी १८० जना सरोकारवाला निकायका प्रतिनिधी सहभागी छन् । कार्यक्रमको उदघाटन मन्तब्य दिंदै डक्टर्स विथआउट बोडर्स (MSF) की साउथ एशिया कार्यकारी निर्देशक डा फरात मन्टोले स्वास्थ्य कुनै राजनितिक एजेन्डा मात्र नभएकाले यो सबैको मौलिक अधिकार भएको र सबैले स्वास्थ्य सेवा पाउनपर्नेमा दुईमत नभएको बताइ्न । उनले जस्तोसुकै अवस्थामा पनि मानवीय सेवा पाउने अधिकार सबै व्यक्तिले पाउने भएकाले यसका लागि सबै संघ संस्थाहरु एकजुट भएर मानवीय सहायताका लागि अघि बढ्नुपर्ने बेला आएको जिकीर गरिन् ।
विश्व मानवीय दिवसको पूर्वसन्ध्यामा सुरु भएको यो सम्मेलन वास्तविक सहकार्य, साझा साहस र स्थानीय वास्तविकतामा आधारित नेतृत्वको खुला मञ्च बन्नु आवश्यक रहेको पनि उनले बताइन् । उनले यो सम्मेलनले उनीहरूलाई संवादको नेतृत्व गर्न प्रेरित गर्ने आकांक्षा राखिएको पनि जानकारी दिइन् ।

सम्मेलनमा विभिन्न बहानामा, चाहे त्यो द्धन्द्ध होस् वा प्राकृतिक विपत्ति वा राजनैतिक परिवर्तन । यी सबै अवस्थामा स्वास्थ्य सेवा, खाना ,पानी समेतको व्यवस्था नहुँदा धेरैले अनाहकमा ज्यान गुमाउने गरेको भन्दै यस्तो बेला विश्वव्यापी रुपमा मानवीय सहायता गर्नुपर्नेमा विज्ञहरुको जोड थियो । सम्मेलनमा डा गोपाल कृष्ण शिवाकोटीले प्रमुख वक्ताको रुपमा नेपालमा मानवीय सहायताको अवस्था र अहिलेको अन्तराष्ट्रिय सहायता कटौती हुँदा पर्नसक्ने अप्ठेराहरुको बारेमा जानकारी गराएका थिए ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण