अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
हेल्थ टिभी अनलाइन : आज अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
एक सातादेखि नै नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिको अगुवाईमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् भने आ आफू कार्यरत संस्थामा पनि नर्सहरुले कार्यक्रमहरु गरिरहेका छन् । आइतबार नर्सिङ संघले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो। यसैगरी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अन्तर्राष्ट्रिय नर्सिङ दिवसकै अवसर पारेर ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नर्सहरुले आफूहरुलाई काम गर्ने वातावरण सिर्जना गरिदिन र श्रमको मूल्यांकन गरिदिने कुरामा ध्यान दिन आग्रह गरेका थिए ।
प्रत्येक वर्ष मे १२ तारिखको दिन विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै