Health TV Online
Health TV Online
Health TV Online

सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

सुर्तीजन्य पदार्थको प्याकेटमा शत प्रतिशत चित्र छाप्न रोक्ने उद्योग मन्त्रालयको पत्र विरुद्धको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश

हेल्थ टिभी अनलाइन : सुर्तीजन्य पदार्थको प्याकेटमा चेतावनीमूलक शत प्रतिशत चित्र छाप्ने निर्देशिका बिरुद्ध गएर उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेपछि सर्वोच्च अदालतले पत्र काट्ने उद्योग मन्त्रालय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता ज्योति बानियाले दायर गरेको रिटमा उद्योग मन्त्रालयको पत्र काट्ने कदम गैरकानूनी भन्दै आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने हानी कम गर्न स्वास्थ्य मन्त्रालयले गत २१ फागुनमा निर्देशिका परिर्वतन गर्दै सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्समा ९० प्रतिशत भागमा चित्र अंकित स्वास्थ्य सन्देश छाप्ने व्यवस्थालाई बढाएर शत प्रतिशत पुराएको थियो । यसको कार्यान्वयन आगामी भदौ १ गतेदेखि हुनेछ । तर सुर्ती उद्योगीहरुको प्रभावमा परेर उद्योग मन्त्री दामोदर भण्डारीले नियमावली रोक्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका थिए ।

स्मरण रहोस् नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने रोगहरुका कारण वर्षेनी ३९ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार