नेपाल क्यान्सर अस्पतालमा क्यान्सर स्क्रिनिङ प्याकेजमा विशेष छुट
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व क्यान्सर दिवस २०२५ को अवसरमा विशेष स्वास्थ्य सेवाको घोषणा गरेको छ।
अस्पतालले क्यान्सर स्क्रिनिङ प्याकेजमा २० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हाे। जसले सर्वसाधारणलाई क्यान्सरको समयमै पहिचान गर्न मद्दत पुर्याउने विश्वास अस्पतालको छ । यो विशेष छुट ४ फेब्रुअरी २०२५ अर्थात विश्व क्यान्सर दिवसको दिन मात्र मान्य हुनेछ। अस्पतालले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र रोकथामलाई प्रवर्द्धन गर्न यो छुट कार्यक्रम ल्याएको हो।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर क्यान्सर सम्बन्धी आधुनिक उपचार, अनुसन्धान, तथा जनचेतना अभिवृद्धिमा समर्पित संस्था हो। यो अवसरको उपयोग गर्दै अस्पतालले आम नागरिकलाई नियमित स्वास्थ्य परीक्षणतर्फ प्रेरित गर्न आग्रह गरेको छ । क्यान्सरको प्रारम्भिक पहिचान नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’