३२ वर्षमा २० लाखको आँखा जाँच
नेपालगञ्ज : नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित फत्ते बाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ।
अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ। यसबाहेकअस्पतालमा विभिन्न समयमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ जनाको शल्यक्रिया गरेको जनाइएको छ।
सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ। ‘यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी थालेका छौँ’, संघका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले जानकारी दिए।
अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, फास्ट ट्र्याक शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ।
हाल भारतीय राजदूतावासको पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग एक करोड ४५ गरी ६ करोड ४५ लाख रूपैयाँ लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माण भइरहेको जानकारी दिइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण