क्षयरोगसम्बन्धी क्षेत्रीय सम्मेलन काठमाडौंमा

हेल्थ टिभी अनलाइन : क्षयरोगसम्बन्धी दक्षिण एशियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । मेडिसिन्स सान्स फ्रन्टायर्स डक्टर्स विथआउट बोडर्स नामक संस्थाले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र नेपालसँगको सहकार्यक्रमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा भारत, बंगलादेश, पाकिस्तान लगायतका सार्क क्षेत्रमा क्षयरोगको उपचार, निदान, एडभोकेसीमा काम गर्ने विज्ञहरु भेला भएर छलफल गरेका छन् ।
डक्टर्स विथआउट बोडर्स एमएसएफ साउथ एशिया टीबी डेका रुपमा उक्त सम्मेलनको आयोजना गरिएको आयोजकको भनाई छ । उक्त सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले गरेका थिए । उनले कार्यक्रमको उद्घाटन गर्दै क्षयरोग नेपालको मात्र नभई सार्क क्षेत्रमै समस्या रहेकाले यसलाई अन्त्य गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले यो सम्मेलनबाट धेरै नयाँ नयाँ कुराहरु आउेमा आफू विश्वस्त रहेको बताए ।
राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले काठमाडौंमा भएको उक्त सम्मेलनमा सार्क क्षेत्रमा क्षयरोगको अवस्था, चुर्नाैती र अब गर्नुपर्ने कदममाबारेमा बृहत छलफल भएको र यसले आ आफनो देश मात्र नभएर अन्य देशमा पनि के भइरहेको छ भन्ने थाहा भएकाे बताए । उनले क्षयरोग नियन्त्रणमा अन्य देशले गरेको राम्रो कामको पनि चर्चा भएकाले त्यसबाट पनि धेरै कुरा सिक्ने मौका मिलेको बताए ।
यसैगरी कार्यक्रममा एमएसएफ साउथ एशियाकी कार्यकारी निर्देशक डा फारहाथ मोन्टोले क्षयरोग अन्त्यका लागि के के गर्न सकिन्छ र कस्ता अप्रोच बढी लाभदायी हुन सक्छन भन्ने छलफल सुरु भएको र यो नै अन्तिम नभएको बताइन । उनले सम्मेलनमा धेरै देशका विज्ञहरु आएकाले उनीहरुबाट क्षयरोग अनत्यका लागि गर्न सकिने कामहरु बाहिर आउने र त्यसका लागि नीति तथा कार्यक्रममा पनि सहयाेग पुग्ने बताइन ।
कार्यक्रममा विज्ञहरुले क्षयरोग उपचारमा धेरै कुराले असर पार्ने हुँदा यसलाई इन्टीग्रेट गरेर लान पर्नेमा जोड दिएका थिए । भारतको मेडिसिन एनिपोय मेडिकल कलेज मेंग्लोरका प्रोफेसर डा अनुराग भार्गभले क्षयरोगको उपचारमा पोषण निकै महत्वपूर्ण हुने भन्दै उपचार र पोषण कार्यक्रम संगसँगै लगे मात्रै उपचार सफल हुनेमा जोड दिए । यसैगरी बीएमटी नेपालकी डा कृतिका दिक्षितले क्षयरोग निदान र उपचार निशुल्क भनिए पनि बिरामीले धेरै शिर्षकमा आफनो खल्तीबाट पैशा खर्च गर्न परिरहेको भन्दै त्यसतर्फ पनि सोच्नुपर्ने बेला आएको बताइन् ।
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा
छुटेका बालबालिकालाई खोप लगाइँदै
नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड