Health TV Online
Health TV Online
Health TV Online

मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण

मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण

बुटवल : गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ। उपकरणले ‘सीटीए कोरोनरी’ स्पष्ट रूपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा.अजिज उल्लाहले जानकारी दिए।

सात करोड रूपैयाँ लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडालगायत शरीरको विभिन्न अंगकाे सिटी स्क्यान गर्न मिल्ने बताइएको छ। डा. उल्लाहले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने बताए।

मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन्। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा भित्रिएको सो उपकरण शनिबार प्रदेश ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गर्नेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार