Health TV Online
Health TV Online
Health TV Online

राेल्पामा ६७ जना एचआईभी संक्रमित

राेल्पामा ६७ जना एचआईभी संक्रमित

रोल्पा : जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या ६७ पुगेको छ। यहाँ कार्यरत रोल्पा प्लस संस्थाका अनुसार संक्रमित पुरुष र महिलाको सङ्ख्या बराबर छ।

जिल्लामा हालसम्म यो रोगका कारण १५ को मृत्यु भइसकेको छ। जीवित संक्रमितमध्ये २६ महिला र २६ पुरुष छन्। संक्रमित बुबाआमाका कारण जिल्लामा तीन बालबालिकासमेत एचआईभी संक्रमित भएका छन्।

संक्रमितमध्ये ३२ जनाले नियमित औषधि सेवन गरिरहेका छन्। रोजगारीको सिलसिलामा भारतलगायत अन्य देश गएकाहरू एचआर्इभी संक्रमित देखिएको संस्थाका अध्यक्ष राधा नेपालीले जानकारी दिइन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार