प्राविधिक नहुँदा थन्कियाे एक्स रे मेसिन
काठमाडौं : दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एक्स रे मेसिन थन्किएको छ। एक्सरे मेसिन सञ्चालन नहुँदा त्यहाँ आउने बिरामी करिब २३ किलोमिटर टाढा दमक गएर सेवा लिन बाध्य छन्।
जिल्लाको पश्चिम दक्षिणी ग्रामीण क्षेत्रमा अवस्थित उक्त स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्ने उद्देश्यले २०६६ सालमा तत्कालीन खजुरगाछी गाउँ विकास समितिको दुई लाख रूपैयाँबाट एक्स रे मेसिन खरिद गरिएको थियो।
मेसिन केन्द्रको भण्डारणकक्षमा थन्क्याइएपछि अहिले काम नलाग्ने अवस्थामा पुगेको छ। केन्द्रकी इन्चार्ज डा.विद्या पोखरेलले मेसिन चलाउने रेडियोग्राफर नहुँदा नियमित सञ्चालन गर्न नसकिएको जानकारी दिइन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण