सन् २०२२ को विश्वकप फुटबल कार्बनरहित हुने
कतारमा हुने सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता कार्बनरहित हुने दाबी गरिएको छ। कतारका वातावरण मन्त्रीले बुधबार आयोजित एक सम्मेलनमा शून्य कार्बनसहितको विश्वकप बनाउने दाबी गरेका हुन्।
मन्त्री मोहम्मद बिन अब्दुल्लाह अल रुमैहीले विश्वकपका लागि बनाइने सबै संरचनाहरू कार्बनरहित हुने दाबी गरे। विश्वकप आयोजनाका लागि गठित सर्वोच्च समितिले आफ्ना सबै काममा कार्बनरहित बनाउने गरी योजना बनाइरहेको उनले बताए। विश्वकै सबैभन्दा ठूलो फुटबल मेलालाई स्मरणीय बनाउन र विश्वकै चिन्ताको विषयको रूपमा रहेको कार्बन न्यूनीकरणको सन्देश दिन यस प्रतियोगितालाई कार्बनरहित बनाउन लागिएको उनकाे भनाइ छ।
मरुभूमिमा रहेको मुलुक कतारले प्रतियोगितालाई कार्बनरहित बनाउन ठूलो रकम थप खर्च गर्नुपर्ने देखिएकाे छ। विश्वकपका लागि थुप्रै भवन, सडक, आठ वटा रङ्गशालालगायत धेरै ठूला निर्माणका कार्य गर्न लागिएको अधिकारीहरूले बताएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण